अत्याधिक खाने बानीले स्वास्थ्यलाई हानी पुर्‍याउँछ

काठमाडौं । चाहिनेभन्दा धेरै खानाले (ओभरइटिङ)ले स्वास्थ्यलाई हानी पुर्‍याउँछ ।

अत्यधिक खानाले पेटमा क्षति पुर्‍याई समग्र शरीरको संरचनामा परिवर्तन गर्नसक्छ । अमेरिकन जर्नल अफ फिजियोलोजीः एन्डोक्राइनोलजी एन्ड मेटाबोलिजममा प्रकाशित अध्ययन अनुसार कहिलेकाहीँ अत्यधिक खानपानले कुनै वा धेरै साइड इफेक्ट निम्त्याउँदैन । तर, नियमित रूपमा अत्यधिक खानाले शरीरको तौल र फ्याटलाई बढाउनुका साथै रगतमा चिनीको स्तरलाई असर गर्न सक्छ ।

नियमित रूपमा अत्यधिक खानुका पाँच साइड इफेक्ट :

शरीरमा बोसो जम्मा हुन थाल्छ

अत्यधिक खानाले पाचन प्रणालीलाई सुस्त बनाउँछ जसकारण खाना लामो समयसम्म पेटमा रहिरहन सक्छ । यसले शरीरमा फ्याटको मात्रा बढाउने गर्छ र चाहिनेभन्दा बढी पोषक तत्वले शरीरको तौल बढ्ने वा मोटोपनाको समस्या समेत हुनेगर्छ ।

मधुमेहको समस्या निम्त्याउँछ

अत्यधिक खानाले मोटोपनाको समस्या निम्त्याउँछ जुन टाइप २ डाइविटिजको मुख्य जोखिम कारक हो । नियमित रूपमा अत्यधिक खानाले रक्तकोषले रगतमा भएको ग्लुकोजलाई उर्जाको रुपमा परिणत गर्न सक्दैन । जसकारण रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुन्छ र मधुमेहको जोखिम बढ्छ ।

निद्रामा समस्या ल्याउँछ

अत्यधिक खानाले शरीर थकित हुन्छ जसकारण निद्रामा समस्या आउने हुन्छ । अत्यधिक खानाले पेटमा पनि अफ्ठ्यारो महसुस हुन्छ जसले निद्रामा समस्या ल्याउने काम गर्छ ।

मुटुरोगको जोखिम बढाउँछ

अत्यधिक खानाले मुटुरोगको जोखिम बढाउँछ । अत्यधिक खानाले धेरै मात्रामा स्ट्रेस हर्मोन रिलिज गर्छ जसले मुटुको चालको साथ साथै रक्तचापलाई पनि बढाउँछ । पहिलादेखि नै मुटुरोग भएका मानिसले नियमित रुपमा अत्यधिक खानाले उनीहरूमा हार्ट अट्याकको जोखिम चार गुणाले बढाउँछ ।

मस्तिष्कको कार्यमा बाधा पुग्छ

अत्यधिक मात्रामा खाँदा शरीरले प्राप्त गर्ने धेरै क्यालरीले स्मरण शक्तिमा ह्रास आउनुका साथै मस्तिष्कको कार्य सुस्त हुँदै जान्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here