लामो सास लिनुको फाइदा : प्रतिरक्षा प्रणाली बलियो देखि तनाव कम गर्नसम्म

काठमाडौं । दैनिक केही समय गहिरो सास लिनाले स्वास्थमा सुधार आउँछ । रिस उठेको बेला वा तनावमा हुँदा लामो गहिरो सास लिन सल्लाह दिन्छन् । तनाव वा चिन्तित हुँदा मुटुको धड्कन, रगतको प्रवाह मुटु र मस्तिष्कतर्फ लगातार बढिरहेको हुन्छ ।

गहिरो श्वास लिनाले चिन्ताजनक विचार र एन्जाइटीबाट छुट्कारा पाउन सकिन्छ । यसले तनावलाई पनि कम गर्न सक्छ । गहिरो श्वास लिनाले शरीरले धेरै अक्सिजन पाउँछ । हृदयको गति सुस्त हुनुका साथै हर्मोन सन्तुलित हुन्छ ।

बिस्तारै गहिरो, लामो सास लिनाले कोर्टिसोल नामक स्ट्रेस हर्मोनको स्तर कम हुन्छ । कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहँदा शरीरलाई धेरै नोक्सान पुर्‍याउँछ । गहिरो श्वास लिने अभ्यासले यस्ता समस्याको सुधार गर्नस सक्छ । केही समय गहिरो श्वास लिनाले २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम भएको महसुस हुन्छ ।

अनिद्राको समस्या भएका मानिसले सुत्नुभन्दा पहिले गहिरो श्वास लिने गर्नुपर्छ । सुत्नुअगाडि गहिरो लामो श्वास लिनाले निन्द्राको समस्यालाई हटाएर निन्द्रा राम्रो आउँछ । कार्बन डाइअसक्साइड ९प्राकृतिक विषाक्त फोहर० श्वासमार्फत नै बाहिर आउँछ । छोटो श्वासले फोक्सोलाई कम प्रतिक्रिया गर्छ । अन्य अङ्गबाट पनि यस फोहोरलाई निकाल्नका लागि कडा मेहेनत गर्नुपर्ने हुन्छ ।

गहिरो श्वास लिनाले ताजा अक्सिजन प्राप्त भइ शरीरको विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । यसले रोगसँग लड्ने क्षमता पनि बलियो हुन्छ । रगत अक्स्जिनेटेड भएपछि शरीरको प्रतिरक्षा प्रणाली मजबुत भइ शरीरका महत्वपूर्ण अङ्गले ठिक रूपमा काम गर्छन् । विषाक्त पदार्थमुक्त, स्वस्थ रगतको आपूर्तिले सङ्क्रमण फैलाउने किटाणुहरूलाई हटाउन मद्दत गर्छ ।

गहिरो श्वास लिनाले रक्त प्रवाह पनि ठिक हुन्छ । सास फेर्दा डायफ्रम माथि र तल हुन्छ, जसले रक्त प्रवाहको गतिलाई बढाउँछ । गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालगायतका अङ्गमा हुने रक्तप्रवाहलाई नियमित गरिदिन्छ । यसबाट विषाक्त पदार्थ पनि बाहिर निकाल्न सहयोग पुग्छ ।

त्यस्तै, गहिरो श्वास लिनाले शरीरले एन्डोर्फिन नामक हर्मोन उत्पादन गर्छ । उक्त हर्मोन शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो, जसले गर्दा शरीरमा दुखाई महसुस कम हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here