तीव्ररुपमा बढ्न थाल्यो पेट्रोलको मूल्य, खपत कसरी कम गर्ने ?

काठमाडौं । मोटरसाइकल नेपालमा धेरै लोकप्रिय सवारी साधन हो । हरेक वर्ष नेपाली सडकमा तीन लाख भन्दा धेरै मोटरसाइकल भित्रने यातायात व्यवस्था कार्यलयको तथ्यांकले देखाउँछ ।

सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा २५ लाख ५० हजार भन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चलाउन पेट्रोलको आवश्यकता पर्छ ।

मोटरसाइकलको इन्जिनको क्षमता अनुसार पेट्रोल धेरैथोरै लाग्ने हुन्छ । विशेष गरी धेरै सीसी क्षमताको मोटरसाइकललाई धेरै नै इन्धन चाहिन्छ भने थोरै सीसी क्षमताको मोटरसाइकललाई थोरै इन्धन चाहिन्छ ।

पछिल्ला केही दिनयता पेट्रोलको मूल्य अच्काली बढ्न थालेको छ । यस्तो अवस्थामा हामीले केही सामान्य कुरामा मात्रै ध्यान दिदाँ मोटरसाइकल तथा स्कुटरमा खपत हुने पेट्रोलको मात्रा घटाउन सकिन्छ ।

अहिलेसम्म हाम्रो देशमा पेट्रोलको व्यावसायीक उत्खनन् भएको छैन । हामीले भारतबाट पेट्रोल ल्याउने गर्छौं । तथ्यांकअनुसार महिनामा करीब १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुने गरेको छ ।

विदेशबाट आयात हुने हुनाले अन्तराष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्य बढ्ने गर्छ । त्यसैले महंगो पर्ने पेट्रोल धेरै लाग्ने मोटरसाइकल भन्दा कम पेट्रोलले धेरै गुड्ने मोटरसाइकल चढ्नु किफायती हुन्छ ।

यस्तै मोटरसाइकलको नियमित मर्मत सम्भारमा ध्यान दिने हो र इन्जिन ठिक अवस्थामा राख्ने हो भने पनि मोटरसाइकलमा पेट्रोल खपत घटाउन सकिन्छ ।

यसैगरी मोटरसाइकल चलाउँदा पनि हामी मध्ये धेरैले केहि यस्ता गल्ति गरिरहेका हुन्छौं, जसको कारण मोटरसाइकलको माईलेजमा नराम्रो असर परिरहेको हुन्छ ।

मोटरसाइकलको माईलेजमा असर पर्दा त्यसको प्रत्यक्ष प्रभाव हाम्रो खल्ति (पैसा) मा पर्ने गर्दछ । त्यसैले मोटरसाइकल चलाउँदा निम्न अनुसारका उपाय अपनाउने हो भने हामीले मासिक केहि लिटर पेट्रोल कम खपत हुन्छ ।

यी हुन् पेट्रोल कम खपत गर्ने उपाय

१. मोटरसाइकललाई एउटै स्पिडमा चलाई राख्ने कोसिस गर्नुपर्दछ । स्पिड नियन्त्रणमा राख्दा बाईकको माईलेज बढ्ने गर्दछ ।

२. मोटरसाइकल चलाईराखेको समयमा क्लच दबाईराख्नु हुदैन् । क्लच समाईराख्दा बाईकको माईलेजमा कमी आउँछ । क्लचलाई आवश्यक समयमा मात्रै दबाउने गरेमा बाईकले राम्रो माईलेज दिन्छ ।

३. इन्जिनको लागि स्विच अन गरेर सेल्फ स्टार्ट गर्नुपर्दछ । त्यसपछि एक्सिलेटर नदबाई १० देखि १५ सेकेन्ड सम्म छोड्नु पर्दछ । यस्तो गर्दा पेट्रोलले ईन्जिन सम्म पुग्नको लागि समय पाँउछ ।

४. मोटरसाइकल चलाउँदा एक्कासी पहिलो गियरबाट अन्तिम गियरमा ल्याउनु हुदैन् । साथै शहरीक्षेत्रमा मोटरसाइकल चलाईरहेको अवस्थामा विनाकारण ब्रेक र क्लच दबाईरहनु हुदैन् ।

५. मोटरसाइकल चलाईरहेको अवस्थामा पेडल ब्रेकलाई दबाईराख्नु हुदैन् । यसरि ब्रेकलाई दबाईराख्दा मोटरसाइकलले कम माईलेज दिने गर्छ । यसको साथै इन्जिनलाई अगाडि वा साईडबाट छोप्नु हुदैन ।

६. यदि तपाई ट्राफिक सिग्नलमा हुनुहुन्छ र ३० सेकेन्ड भन्दा धेरै रोकिनुपर्छ भने स्टार्ट अफ गर्नुस् । अधिकांश मानिसले यसबाट केहि फरक पर्दैन भन्ने सोच्छन् तर यस्तो बानीले पनि इन्धनको खपत घटाउन ठूलो भुमिका खेल्दछ ।

७. मोटरसाइकलको पर्फमेन्स राम्रो बनाईराख्नको लागि समय समयमा सर्भिसिङ गर्ने, मोबिल फेर्ने गर्नुपर्छ ।

यी कुराहरुमा ध्यान दिएका मोटरसाइकलले धेरै पेट्रोल खपत गर्ने समस्याबाट केहि हदसम्म छुट्कारा पाउन पकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here