टेलिकमको सर्भर ह्याक : प्रवक्ता भन्छन्, ‘शंका मात्रै हो ह्याक भएको प्रमाणित भएको छैन्’

काठमाडौं, २८ असार । देशको प्रमुख दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको सर्भर ह्याक भएको भन्ने विषय छानबिनको क्रममा रहेको कारण अहिले नै ह्याक भएको भन्न् नसकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् ।

पुरानो पुरानो सर्भर जुन अहिले प्रयोगमा पनि नरहेको कारण डेटा ह्याक नै भएको हो वा गलत सूचना आएको भन्ने विषयमा छानबिन पछि नै भन्न सकिने प्रवक्ता जोशीले बताए ।

‘हामीले पनि टेलिकमको डेटा ह्याक भएको सूचना पत्रकार मार्फत नै पाएका थियौं, यस विषयमा हामीले शंका लागेको सर्भर तत्कालै नेटवर्कबाट हटायौं ।’ प्रवक्ता जोशीले भने ।

चीनको थ्रेट एक्टिभिटी ग्रुप २२ (ट्याग २२) ले नेपाल टेलिकमको सर्भरमा ‘ग्लासफिस’ सर्भरका माध्यमबाट प्रवेश गरि ‘कोल्बटस्ट्राइक’ का माध्यमबाट सर्भर ह्याक गरिएको बताइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार जीएसएम मोबाइल टेलिफोनका १ करोड ९६ लाख ५१ हजार, पीएसटीएन टेलिफोनका ५ लाख ७५ हजारसहित अन्य ग्राहक गरी टेलिकमका २ करोड ७ लाख ८१ हजार ग्राहक छन् ।

यसरी बारम्बार डेटा ह्याक हुँदा टेलिकमका २ करोडभन्दा धेरै ग्राहकको निजी विवरणमा गम्भीर जोखिम देखिएको छ ।

सर्भर बन्द

आइतबार दिउँसो यसबारे जानकारी पाएपछि टेलिकमले शंका लागेको एउटा सर्भर डाउन गरेको थियो ।

‘पुरानो सर्भर ह्याक भएको हुन सक्ने शंका लागेर हामीले सट डाउन गर्यौ’ टेलिकमका प्रवक्ता राजेश जोशीले भने, ‘पूरानो सर्भर हो, त्यसमा युजफूल डेटा छ कि छैन भनेर अध्ययन भईरहेको छ ।’

उनका अनुसार सूचना पाउनासाथ डेटा सुरक्षित राख्न ‘फायरवाल’ लाई सक्रिय बनाईएको छ । ह्याक भएको सर्भरमा ग्राहक र टेलिकमका डेटाहरु कति थिए भन्ने यकिन तथ्यांक भने छानबिन पछि मात्रै थाहा हुने छ ।

छानबिनको काम सुरु भईसकेको कारण केही समयमा नै सत्यतथ्य बाहिर आउने प्रवक्ता जोशीले बताएका छन् ।

‘छानबिनको काम आइतबारबाट नै सुरु भईसकेको छ । अहिले सबै सूचना दिन मिल्दैन् तरपनि पुरानो र प्रयोमा नरहेको सर्भर रहेको कारण छानबिनको लागि धेरै समय लाग्दैन् ।’ प्रवक्ता जोशीले क्लाउड पत्रिकालाई बताए ।

इन्स्किट ग्रुपले भने नेपाल टेलिकमको सर्भरमा ‘ग्लासफिस’ सर्भरबाट छिरेर ‘कोल्बटस्ट्राइक’ मार्फत सर्भर ह्याक गरेको दाबी गरेको छ । मल्टिपल आक्रमण भएको तर, एउटा सर्भरबाट डेटा तानिएको दाबी उक्त ब्लकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here