महामारीकाबीच नयाँ उचाईमा सेयर बजार, लगानीको जोखिम कति ?

अर्जुन न्यौपाने

काठमाडौं,३० साउन । आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गर्ने प्राकृतिक विपत्तीको समयमा पनि धितोपत्र बजारमा उत्साह जारी छ । यस्तो प्रवृत्ति देखिएको डेढ वर्ष पुगिसकेको छ । कोरोना माहामारीका कारण सम्पूर्ण आर्थिक गतिविधि अस्तव्यस्त छन् ।

अन्य आर्थिक गतिविधि अस्तव्यस्त भएपनि बिहीवार धितोपत्र बजारले इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । नेप्से ३१७५ विन्दु माथि पुगेको इतिहासमै पहिलोपटक हो ।

यसअघि बुधबार मात्रै नेप्सेले इतिहासकै सर्वाधिक ३१६२ विन्दुको रेकर्ड बनाएको थियो । सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ ।

धितोपत्र बजारले मात्र निरन्तर रुपमा पूँजी निर्माण गरीरहेको हुनाले पनि बजार निरन्तर सुधारको गतिमा रहेको विश्लेषहरुको भनाई छ ।

बजारमा सामान्य भन्दा सामान्य विषयलाई घटना क्रमका आधारमा पनि शेयर मूल्य प्रभावित पार्ने काम हुन थालेकाले लगानीकर्ताको लागि जोखिम पनि उच्च बढेको देखिन्छ । पछिल्लो समय जलविद्युतमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।

कुलमान घिसिङ नेपाल विद्युत प्रधिकरणमा आउने हल्लासँगै जलविद्युतको सेयरहरु दिनप्रतिदिन बढ्न थालेको थियो । त्यसमा पनि विद्युत उत्पादनको अन्तिम चरणमा रहेका र उत्पादन भरखरै शुरु गरेका कम्पनीको सेयर अप्रत्यासित रुपमा नै बढेका छन् ।

धितोपत्र बजारमा लगानी गरे पैसा आउँछ भन्ने सुनेका आधारमा मात्र लगानी गर्नेको संख्या पनि उत्तिकै बढ्दै गएको हुनाले कम्पनी छनोट गरेर भन्दा पनि शेयर भन्ने भएपनि खरिद गर्ने गरेको देखिन्छ । यसले बजारमा झनै ठुलो दुर्घटना ल्याउने जोखिम हुन्छ ।

हल्लाका भरमा पैसा दोब्बर बनाउने लोभसहित बजारमा आएका लगानीकर्ताले बजारको गति र जोखिमको विषयमा ध्यान नदिँदा अन्तिममा फस्ने उनीहरु हुन्छन । ठूला लगानीकर्ताले भने मनग्य नाफा कमाएर अन्य कम्पनीमा सिफ्ट भैसकेका हुन्छन् ।

त्यसैले कम्पनी छनोट गरेर बजारको उपयुक्त अध्ययन गरेर लगानी गर्नु पर्ने विज्ञहरु सुझाउँछन् । पछिल्लो समयमा धितोपत्र बजारबाट ठूला लगानीकर्ता सिफ्ट हुन थालेको देखिन्छ । त्यसले गर्दा पनि बैंक वित्तीय संस्थामा निक्षेप घट्न थालेको छ ।

केही अगाडीसम्म मौद्रिक नीतिलाई पर्खेका लगानीकर्ता यो वर्षभरका लागि शुक्रबार आएको मौद्रिक नीतिपछि एक प्रकारको मानसिकता बनाउने छ ।

यसले आइतबारबाट बजारमा कुनै न कुनै प्रभाव देखिन थाल्ने छ । सरकारले ठूलो लगानीकर्तालाई कस्दै साना लगानीकर्ताको हितमा धेरै प्रयास गरेको देखिन्छ । यसले दीर्घकालिन लगानीलाई भने सुरक्षित बनाउने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here