बाढी आइरहने क्षेत्रमा बस्नुहुन्छ ? यसरी रहन सकिन्छ सुरक्षित

मनसुन सक्रिय भइसकेको छ । खासगरी पहाडमा ठूलो पानी पर्न थालेपछि एकातर्फ पहाडका पहाडका खहरे खोला ह्वात्तै बढेर ठूलो हानी पुर्याउँछ भने खहरेहरुको पानी एकिकृत भएर तराई पुग्ने पानीले एकसाथ ठूलो क्षेत्र डुवानमा पारी मानवीय र भौतिक क्षति पुर्याउने गर्छ ।

नेपालमा बाढी र पहिरोमा परी वर्षेनी सयौं मानिसले ज्यान गुमाउने गरेका छन् । हाज हामी बाढीको प्रकोपबाट सुरक्षित रहनु अपनाउने उपायबारे चर्चा गर्नेछौं :

# लगातार वर्षा भइरहेको छ भने बाढी आउने खतरा हुन्छ । तपाईका बसोबास निरन्तर बाढीले डुबानमा परिरहने स्थानमा छ र लामो समयदेखि पानी परिरहेको छ भने सकभर अलि माथिल्लो एरियातिर जाने कोसिस गर्नुहोस । बाढीको पूर्वसूचना उपलब्ध भए प्रशासनले पनि मानिसहरुलाई सुरक्षित स्थानमा सार्न मद्दत गर्छ ।

# यदि तपाई पक्की घरमा बस्नुहुन्छ र बाढीले डुवान शुरु गरिसकेको छ भने सिधै छतमा जानुहोस । छतमा पुगिसकेपछि भयंकर डुवान रहेछ भने पनि तपाईको उद्दारमा उद्दारटोली सजिलै पुग्न सक्छ ।

#पत्रपत्रिका, रेडियो, अनलाइन, सामाजिक संजालबाट निरन्तर बाढीको अवस्थाका बारेमा अपडेट लिइराख्नुहोस । कुन क्षेत्रमा बढी पानी परिरहेको छ, कुन क्षेत्र बढी जोखिममा छ, त्यसको जानकारी लिने गर्नुहोस ।

# लगातार पानी परिरहेको छ र बाढीको पूर्वसकेंत पनि आइरहेको छ भने घरमा पर्याप्त पिउने पानी र तयारी खाद्यान्नको जोहो गरेर राख्नुहोस । बाढीले पानीका मुहान डुबाउने, धाराको पानी अवरुद्ध हुने र अन्ततः फोहोर पानी पिउने अवस्था आउन सक्छ । त्यसबेला अझ महामारी फैलन सक्छ ।

# बाढीको पानीलाई कहिले पनि भरोसा नगर्नुहोस । सानो बाढी आइरहेको छ भन्दै उसलाई वेवास्ता गर्नु भायो भने जति बेला पनि पानीको स्तर बढ्न सक्छ । त्यसकारण बग्दै गरेको पानी सानो छ भनेर लापरवाही नगर्नुहोस ।

# घरमा विजुलीको मूख्य स्वीच बन्द गर्नुहोस । ग्यास, किचनका सामग्री पनि सकभर सुरक्षित गर्नुहोस ।

# महत्वपूर्ण कागजात, धनमाल र वस्तु छ भने साथमा बोक्नुहोस र माथिल्लो तलामा लगेर सुरक्षित राख्ने प्रयास गर्नुहोस । धनमाल घरमा भन्दा बैंकमा राख्ने बानीले धेरै हदसम्म सुरक्षित बक्न सकिन्छ ।

# बाढीले भरिएको बाटोमा गाडी चलाउने, हिड्ने मूर्खता नगर्नुहोस । बाढीले कतिबेला सडक भत्काइसकेको हुन्छ, खाल्डोमा पर्न सक्ने जोखिम उस्तै हुन्छ ।
बाढीमा लत्रिरहेका विजुलीका तारबाट सधै सावधान रहनुपर्छ । जुनसुकै बेला पनि यस्ता तारमा करेन्ट आउन सक्छ ।

# बाढी आएका बेला एक अर्काको सहयोगमा तुरुन्तै जुट्नुहोस । उद्दारमा बालबालिका, वृद्धवृद्धा, बिरामी र महिलालाई प्राथमिकता दिनुहोस ।

# बाढी आइसकेपछि स्थानीय प्रशासनले तोकेको सुरक्षित स्थानमा पुग्ने, राहत लिने र अवस्था सामान्य नभएसम्म परिस्थिति सम्हाल्न स्थानीय प्रशासनलाई सहयोग गर्नुहोस ।

# सम्भव छ भने घरको संरचना शुरुमै पक्की बनाउने, बाढी र पहिराको जोखिम आंकलन गरेर त्यसबाट बच्न सक्ने गरी घर बनायो भने यो प्राकृतिक प्रकोपबाट धेरै हदसम्म सुरक्षित हुन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here