घातक बन्दै वायु प्रदूषण, प्रत्येक वर्ष समय अगावै जन्मन्छन् ५९ लाख बच्चा

काठमाडौं, २१ असोज । वायु प्रदूषण विश्वकै लागि माहामारी बन्दै गएको छ ।

वायु प्रदूषणले मुटुसम्बन्धी र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने र हाम्रो स्वस्थ जीवनयापनमा अन्य असर पार्दे अएको विज्ञहरुले बताएका छन् ।

सवारी साधनको चाप,परम्परागत इन्धनको प्रयोग, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषण बढेको अध्यायनले देखाएको छ ।

वायु प्रदूषणको असर नवजात शिशुमा पनि देखिएको छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार विश्वभरमा प्रत्येक वर्ष ५९ लाख नवजात शिशुको वायु प्रदूषणका कारण समय अगावै जन्मिएको पाइएको छ ।

प्रत्येक वर्ष २ करोड नवजात शिशुको तौल स्वभाविक भन्दा कम वायु प्रदूषणकै कारणले हुने गरेको तथ्यांकले देखाएको छ ।

जन्मिने शिशुहरूमध्ये करिब २८ लाखको तौल कम हुन्छ। जन्मने समयमा बच्चाको तौल साढे दुई किलो वा त्योभन्दा माथि हुनुपर्छ।

घरभित्र हुने प्रदूषणमा महिलाहरू बढी प्रभावित हुने गरेको पाइएको छ। कोइला र काठबाट चल्ने चुह्लोमा काम गर्ने महिलाहरू यसबाट बढी प्रभावित हुने गरेको अध्ययनमा देखिएको थियो।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिक राकेश घोषको नेतृत्वमा भएको एक अनुसन्धनले सो कुरा पत्ता लगाएको हो।

उक्त शोध २८ सेप्टम्बर २०२१ मा जर्नल प्लस मेडिसिनमा प्रकाशित भएको थियो। शोधमा घरभित्र र बाहिर दुवै स्थानको वायु प्रदूषणको प्रभावको विश्लेषण गरिएको थियो।

जन्मँदा कम तौल हुने तथा समय नपुग्दै जन्मेका बच्चामा जीवनभर गम्भीर रोग देखिने जोखिम हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणको समस्या विश्वका करिव ९० प्रतिशत मानिसले खेपिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here