नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २१ असोज । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव क्रमशः कम हुँदै जाँदा यसले अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेकाले यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ ।

आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७७/७८ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकको भनाइ छ ।

बिश्व बैंकले दक्षिण एशियाली आर्थिक फोकस प्रतिवेदन सार्वजनिक गर्दै चालु बर्षको तुलनामा आगामी बर्ष आर्थिक वृद्धिदर बढेपनि अझै पूर्वमहामारी विकास औषत भने न्युन रहेको बताएको छ ।

दक्षिण एशियाका धेरैजसो देशहरु रिकभरीको बाटोमा लम्किरहेपनि यसको अवस्था भने नाजुकै रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय बढिरहेको विश्व अर्थव्यवस्था सुधार, वस्तुको मागलगायतले यहाँको जनजिवन विस्तारै सामान्य बन्दै गएको देखिन्छ । तर, नेपाली अर्थतन्त्र भने आफ्नो आर्थिक पुनर्उत्थानमा संवेदनशिल देखिएको प्रतिवेदनमा उल्लेख छ । जसका कारण पछिल्लो समय नेपालले आर्थिक पुनर्उत्थानमा फड्को मारिरहेको छ ।

महामारीपछि धेरै देशहरुले संकटका बीच पुनर्उत्थानको पाठ सिकेको र बहन गरेको नेपाल, श्रीलंका र माल्दीभ्सका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदाद जर्भसले बताए ।

उनका अनुसार नेपालले हालै मात्रै ग्रिड रणनीतिको साझेदार भएसँगै हरित विकासको परिकल्पना अंगालेको छ । यसले निजी क्षेत्रलाई विभिनन क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ र आर्थिक वृद्धिमा थप टेवा पुग्नेछ ।

विश्व बैंकको प्रतिवेदन अनुसार दक्षिण एशियाली मुलुकहरुमा सन २०२१ र २२ मा विकासशिल परियोजनाहरुको वृद्धि ७ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यस्तै, दक्षिण एशियाको बार्षिक वृद्धिदर पनि २०२० देखि २३ सम्ममा औषतमा ३ दशमलव ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसमा सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ । भारतको ७.५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने देखिएको छ । सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत मात्र रहने देखिएको छ ।

बंगलादेशले भने ६.४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । भुटान, पाकिस्तान र नेपाल भने उस्तै प्रकारको अवस्थामा रहने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here