गोमन सर्पभन्दा विषालु बोटबिरुवा, जसलाई छोएमा देखिन्छ यस्तो असर

काठमाडौं । मानिस सहित पृथ्वीको सम्पूर्ण जीवन बोटबिरुवामै निर्भर छ ।

हामी खाना, छहारी, निर्माण श्रोतसाधनदेखि सास फेर्ने अक्सिजनका लागि बोटबिरुवामा प्रत्यक्ष निर्भर छौँ भने वातावरणीय सन्तुलनका लागि अप्रत्यक्ष रुपमा निर्भर छौँ ।

यति मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत हामीलाई हरियो वातावरण आवश्यक पर्छ । बोटबिरुवा लोप हुँदै जाँदा निर्भर जीवजन्तुलाई पनि प्रत्यक्ष असर पारिरहेको हुन्छ ।

पातमा अण्डा पार्ने वा त्यसलाई आहारका रुपमा सेवन गर्ने किरा समेत बिरुवामा निर्भर भइरहेको हुन्छन् । तर केही बोटबिरुवा वास्तवमै हाम्रो लागि खतरनाक हुन्छन्। यी मध्ये एक विशाल जाइन्ट होगवीड हो, जुन किलर रूखको नाममा लोकप्रिय छ।

होगवीड न्युर्योक, पेन्सलभानिया, ओहायो, मेरिल्याण्ड, वाशिंगटन, मिचिगन तथा हेम्पशायरमा पाइन्छ। यसलाई छुने बित्तिकै छालामा फोका तथा घाउ हुन थाल्छ।

यसलाई छोएको ४८ घण्टामा यस्तो असर देखिन थाल्छ कि ठीक हुन वर्षौं लाग्न सक्छ।

वैज्ञानिकका अनुसार यो विरुवा गोमन सर्प भन्दा पनि विषालु हुने गर्छ। यदि यसको विरुवा केही गरी छोइएको खण्डमा केही घण्टामा छाला पोल्न थाल्छ र घाउसमेत हुने गर्छ।

तर यस बोटको सबैभन्दा ठूलो विशेषता भनेको यो वातावरणमा अक्सिजन र कार्बन डाइअक्साइड सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।