जीवन बीमालेखको संख्या ९० लाख नाघ्यो, ७३ प्रतिशत जनसंख्या दायराबाहिर

काठमाडौं, ८ कात्तिक । नेपालमा जीवन बीमालेखको संख्या ९० लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार असोज मसान्तसम्ममा जीवन बीमालेखको संख्या ९० लाख ९ हजार २७७ पुगेको हो ।

यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढेको हो । २०७७ को असोज मसान्तसम्ममा ७८ लाख ६८ हजार ५०४ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

जीवन बीमा लेखको संख्या बढेको भएपनि कोरोना महामारीको कारण वैदेशिक रोजगार रोकिएकाले वैदेशिक रोजगार बीमालेखको संख्या भने घटेको छ ।

एक वर्षको अन्तरमा जीवन बीमालेखको संख्या २०.३८ प्रतिशतले बढेको छ । असोज मसान्तसम्मा ८४ लाख ६१ हजार ६७६ बीमालेख जारी भएको छ ।

समितिको तथ्यांक अनुसार अझै पनि ७४ प्रतिशत नेपाली बीमाको दायराबाहिर छन् ।

शाखा विस्तार ३२ प्रतिशतले बढ्यो

बीमा कम्पनीहरूको शाखा संख्या ३२ प्रतिशतले वृद्धि भएको छ । गत आवको असोज मसान्तसम्ममा बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या ३ हजार ७ सय ६ वटा पुगेका छ ।

७७ असोज मसान्तसम्म बीमा कम्पनीहरूको कार्यालय संख्या २ हजार ८ सय ७ रहेको थियो । बीमा सेवा विस्तार भएपछि कुल ग्रार्हस्थ्य उत्पादन ९जीडीपी० मा पनि बीमाक्षेत्रको योगदान बढ्दै गएको छ ।

त्यस्तै, यो असोज मसान्तसम्मा बीमाक्षेत्रमा काम गर्ने कर्मचारी संख्या १० हजार ६ सय २५ पुगेको छ । अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले वृद्धि हो ।

नेपालमा जीवन बीमा, कृषि, उद्योग कलकारखाना, सवारी साधन र घरजग्गाको बीमा धेरै हुने गरेको समितिको तथ्यांक छ ।

स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने गरेको पाइन्छ ।

सरकारले स्थानीय तहमा पनि कृषि, पशुपालन, घरजग्गा र अन्य व्यवसायका विषयमा अनिवार्य बीमाको दायरामा ल्याउन प्रयास भइरहेको छ ।

ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here