गण्डकी प्रदेशमा कृषि क्षेत्रमा २६ अर्ब ३७ करोड कर्जा प्रवाह, ३७ प्रतिशत कास्कीमा

काठमाडौं, २६ कात्तिक । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययनअनुसार कृषि कर्जामा २६ अर्ब ३७ करोड प्रवाह भएको छ ।

जुन २०७७ असार मसान्तको तुलनामा ५७.१ प्रतिशतले बढी हो । कुल कृषि कर्जामध्ये करिव ५६ प्रतिशत कर्जा कास्की (३७ प्रतिशत) र नवलपरासी (पूर्व) (१८.९ प्रतिशत) जिल्लामा मात्रै प्रवाह भएको देखिन्छ ।

मनाङ र मुस्ताङ जिल्लामा क्रमशस् ०.५ र १ प्रतिशत मात्र कर्जा प्रवाह भएको देखिन्छ ।

कृषि कर्जा ५७ प्रतिशत बढ्दा प्रदेशमा औद्योगिक कर्जा भने ७ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा कुल औद्योगिक कर्जा ६१ अर्ब ६९ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७/ ७८ मा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरु (कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र नवलपरासी (पूर्व) मा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ०.६ प्रतिशतले बढेको छ ।

धान, मकै, गहुँ, जौ, फापर र उखु खेती गरिएको क्षेत्रफल घटेको छ भने कोदो, आलु, भटमासको बालीले ढाकेको क्षेत्रफलमा क्रमशः १.१ प्रतिशत, ०.६ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ ।

दलहन र तेलहनले ढाकेको क्षेत्रफल क्रमश ६.८ प्रतिशत र ४.६ प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल २.४ प्रतिशतले वृद्धि भएको छ ।

स्याउ खेती गरिएको क्षेत्रफल १७.२ प्रतिशत, सुन्तला खेती गरिएको क्षेत्रफल ८.३ प्रतिशत तथा आँप खेती गरिएको क्षेत्रफल ७.३ प्रतिशत र केरा खेती गरिएको क्षेत्रफल ०.९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ०.७ प्रतिशतले बढेको छ । खाद्य बालीमा कोदोको उत्पादन १.२ प्रतिशत, आलुको उत्पादन ८.२ प्रतिशत, भटमासको उत्पादन ६.५ प्रतिशतले वृद्धि भएको छ ।

खाद्य तथा अन्य बाली मध्येधान २.७ प्रतिशत, गहुँ ४.५ प्रतिशत र फापर ०.२ प्रतिशत घटेको छ । तरकारी तथा बागवानी तर्फको उत्पादन १.३ र फलफूल तथा मसला बालीको उत्पादन १०.३ प्रतिशतले वृद्धि भएको छ ।

घ। पशुजन्य उत्पादनतर्फ, दूध उत्पादन १४.४ प्रतिशत, मासुको उत्पादन ७.८ प्रतिशत र माछाको उत्पादन ५२.५ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादन २९.८ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here