असार १५ का चर्चित दुई काण्ड, बदनाम सरकार-जनताका पिडा जहाँको त्यही

काठमाडौं, १५ असार

# १५ असार २०७२, झट्ट हेर्दा विदेशी पर्यटककै शैली, छत्रे टोपी, हाफ प्यायण्ट र टिशर्ट लगाएर असार १५ मनाउन तत्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुली मुलपानी पुगेका थिए । मुलपानीमा रोपाई जात्रा थियो । सरकारको तर्फबाट आयोजना हुने औपचारिक कार्यक्रमका लागि उनी पनि त्यहा पुगेका थिए । त्यसअघि गुमनाम यो नाम त्यसबेला चर्चामा आयो, जब १५ असारको धान दिवस मनाइयो । रोपाई जात्रामा सहभागी महिलासँग अस्लिल हर्कत गर्न थालेपछि त्यसको तस्वीर र भिडियो भाइरल बन्यो । कृषकसँगै मन्त्री हिलोमा खेल्नु जति सकारात्मक पक्ष थियो, त्यति नै आलोचनाको विषय उनले त्यहा देखाएको हर्कत बन्यो । हिलो खेल्दा खेल्दै महिलामाथि निकै नजिकिन थालेपछि महिलाहरुले आपत्ति जनाएका थिए । यस काण्डले उनको मन्त्री पद त गुम्यो नै फेरी उनी राजनीतिको मुलधारमा फर्कन सकेका छैनन् ।

# १३ असार २०७३, ठिक एक वर्ष अघि हर्कतकै कारण धान दिवस चर्चित बनेको थयो, अर्को वर्ष अर्का कृषि मन्त्री हरिबोल गजुरेलले जगत हसाउने काम गरे । हरिप्रसाद पराजुली हिलोमा पुग्दा महिलामाथि अस्लिल हर्कत गरेको देखेका मन्त्री गजुरेलले उक्त वर्ष हिलो नै नछुने प्रण गरे र गमलामा धान रोपिदिए । कृषिप्रधान मुलुक नेपालका कृषि मन्त्रीले धान दिवसकै अवसर पारी गरेको यो हर्कत पुनः अर्को काण्डका रुपमा स्थापित भयो । जसले यस दिवसलाई स्थापित गराउन निकै भूमिका खेलेको छ । गमलामा करुवाले पानी हाल्दै माटो हिल्याएर धान रोपेको यो दृष्यले नेपालको कृषि प्रणालीलाई नराम्रोसँग गिज्याइरहेको थियो ।

यस वर्ष बर्दियामा विशेष कार्यक्रम
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष धान दिवस विशेष कार्यक्रम बर्दियामा राखेको छ । धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नारा यस वर्ष तय गरिएको छ ।
सरकारले २०६१ सालमा १५ असारलाई धान दिवस मनाउने गरी घोषणा गरेको थियो ।

कृषकका समस्या जहाँको त्यही
मन्त्रीहरु हर्कत गर्दै गएपनि कृषकका समस्यामा भने अझै पनि सरकार गम्भीर छैन । भारतबाट वर्षेनी ३० अर्बभन्दा माथिको चामल आयात हुन्छ ।

जहाँकी नेपाल आद्यान्नमा लगभग आत्मनिर्भर हुने अवस्था छ । एकातर्फ सिंचाई सुविधा नहुँदा कृषकले आकासे पानीकै भरमा रोपाई गर्नुपर्छ, अर्कोतर्फ रोपाईकै मुखमा मल नपाएर कृषक आत्तिनु पर्छ ।

सरकारकै तथ्यांक अनुसार नेपालको रोपाई हुने जमिनमध्ये ६३ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्छ ।

दही चिउरा खाएर मनाइदैछ असारे १५
असार १५, दहि चिउरा खाने दिनका रुपमा पनि चिनिन्छ । मानो रोपेर मुरी उब्जाउने पर्वका रुपमा रोपाई पर्व मनाइन्छ । सरकारले यस दिनलाई धान दिवसका रुपमा घोषणा गरेको छ ।

कृषक पेशामा लागेका भन्दा बाहेकले पनि यस दिन खाजाका रुपमा दहि चिउरा खाने प्रचलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here