धेरै जाडो भएको अनुभव हुन्छ ? ख्याल गर्नुहोस्… !

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।

जाडो यामसँगै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने चिकित्सकहरु बताउँछन् ।

जाडो बढेसँगै हामीले स्वास्थ्य रहनका लागि विभिन्न कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् ।

यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ ।

तपाईंलाई पनि सामान्य भन्दा धेरै जाडो भएको अनुभव हुन्छ ? यो पनि एक प्रकारको शारिरीक समस्या नै हो ।

जाडोयामको समयमा काठमाडौंको तापक्रम १ डिग्रीको आसपास समेत आईपुग्ने गरेको छ । बिहान बेलुकाको समयमा जाडो बढि हुन्छ ।

जाडो मौसममा सबैलाई जाडोको महसुस हुनु स्वभाविक नै हो । तर, यदी यही जाडो तपाईंंको शरीरमा हाबी हुन थाल्यो अथवा तपाईंलाई दिनहुँको काम समेत गर्न नसक्ने गरेर जाडो लाग्छ भने तपाईंंको स्वास्थ स्थिति असामान्य छ भन्ने कुरा बुझ्नुपर्छ ।

तरपनि हाम्रो शरीरमा भएका केही समस्याको कारण हामीलाई सामान्य भन्दा धेरै जाडो अनुभव हुन्छ । कतिपय मानिसहरुलाई ज्याकेट लगाउँदा पनि चिसो भएको अनुभव भईरहेको हुन्छ ।

यस्ता छन् सामान्यभन्दा धेरै चिसो हुनुका कारणहरुः

थाइराइडको समस्या

थाइराइले हर्मोनले शरीरको तापक्रम नियन्त्रण गर्ने काम गर्छ । हाम्रो शरीरमा थाइराइडको कमी हुँदा हाम्रो शरीर आवश्यक रुपमा तातो हुँदैन् । जसको कारण ज्याकेट लगाउदाँ पनि चिसो अनुभव हुन्छ ।

बढ्दो उमेर

बढ्दो उमेरको कारण पनि सामानय भन्दा धेरै चिसो अनुभव हुन्छ । खासगरी ६० वर्ष कटेपछि मानव शरीरमा मेटाबोलिज्म सुस्त हुने भएको कारण शरीरमा तापक्रम कम उत्पन्न हुन्छ ।

खानपान

तातो खानेकुराहरु, सुख्खा फलफुल, चिया, मांसाहारी खानाहरु तथा बदामहरु खाएमा शरीरको तापक्रम बढ्ने भएको कारण चिसो अनुभव हुँदैन् भने यसको विपरीत चिसो पदार्थहरु, दही, आईसक्रिम तथा तरकारी र जुसहरु खाएमा चिसो अनुभव हुन्छ ।

गर्भावस्था

गर्भावस्थामा महिलाहरुमा एनीमिया र रक्त सञ्चारमा विभिन्न प्रकारका समस्याहरु हुने कारण चिसोको अनुभव धेरै हुनछ । विशेषगरी यस्तो अवस्थामा हात र खुट्टामा सबैभन्दा धेरै चिसो भएको अनुभव हुन्छ ।

तनाव र चिन्ता

जो मानिसहरु चिन्ता वा डिप्रेशनमा हुन्छन् उनीहरुलाई आवश्यकता भन्दा धेरै चिसो भएको अनुभव हुन्छ । यस्तो अवस्थामा मस्तिष्कले पूर्ण रुपमा काम गर्न सक्दैन् जसको कारण धेरै चिसो अनुभव हुन्छ ।

रक्त सञ्चालन कमहुनु

शरीरमा राम्रोसँग रक्त सञ्चालन भएन भने पनि हामीलाई हरेक समय जाडो भएको महसुस हुन्छ । त्यस्तो स्थिति विशेष गरेर मधुमेह र मुटुका रोगीहरुमा देखिन्छ ।

जोर्नीको दुखाई र पेटमा ढाँडिने र दुख्ने पनि जाडो लाग्ने कारण हुन्छ । यसकारण पनि शरीरमा रक्त सञ्चालन सही तरिकाले हुन पाउँदैन । यो स्थितिको मुख्य कारण रगत बाक्लो हुनु र सही भोजनको अभाव हुनु हो ।

कसरी बच्ने चिसोवाट ?

अदुवा खानुहोस्

शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा सेवन हो । यसले रुघाखोकीलगायतका चिसोबाट उब्जिने समस्या समाधान गर्छ । अदुवा चियामा हालेर होस् वा खानामा मसलाका रुपमा पनि प्रयोग गरेर सकिन्छ ।

जुनसुकै तरिकाबाट यसको सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ । अधिकांश मानिसलाई चिसो मौसममा रुघाखोकीलगायत समस्या हुने गरेका छन् । अदुवालाई पोलेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

– तातो पानी, सुप वा झोलयुक्त पदार्थ सेवन गर्ने ।

– न्यानो लुगा लगाउँने ।

– घर/कोठालाई न्यानो राख्ने ।

यद्यपी के कुरामा पनि ख्याल गर्नुपर्छ भने, घर कोठा न्यानो राख्ने भन्दैमा झ्याल ढोका बन्द गरेर हिटर ताप्ने, आगो बाल्ने गल्ती गर्नु हुँदैन । घर-कोठामा अक्सिजन आउजाउ गर्ने व्यवस्था भने हुनुपर्छ ।

कस्ता लुगा लगाउने ?

जाडो याममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ । सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । बजारमा अहिले विभिन्न मूल्यका ज्याकेट, हुक र कोट उपलब्ध छन् ।

जाडोमा भुवायुक्त टिसर्ट, हाइनेक, लेदरको ज्याकेट पनि लगाउनु राम्रो हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here