उच्च आयात निरुत्साहित गर्ने राष्ट्र बैंकको नीति, यी वस्तु आयातमा पाइँदैन ऋण

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकले वस्तुहरूको आयातलाई थप निरूत्साहन गर्ने नीति लिएको छ।

सोमबार राष्ट्र बैंकले आफ्नो वेबसाइटमार्फत् नयाँ निर्देशन जारी गर्दै केही वस्तुको आयातमा कडाइ गरेको हो।

मुलुकको शोधनान्तर घाटा डेढ खर्ब नाघेपछि राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको ‘एकीकृत निर्देशन-२०७६’ मा केन्द्रीय बैंकले संसोधन गर्दै गाडीदेखि कतिपय वस्तुहरु आयातमा कडाई गरेको हो ।

अब केही वस्तुहरुको आयात गर्दा बैंकबाट ऋण लिन नपाइने भएको छ। व्यवसायीले जति परिमाणको वस्तु ल्याउने हो, त्यसमा लाग्ने खर्च आफैंले बैंकमा जम्मा गर्नुपर्छ। यसअघि बैंकबाट ऋण लिएर वस्तु आयात गर्न पाइन्थ्यो।

नयाँ नीतिअनुसार आयात गर्दा कत्ति पनि ऋण नपाइने, अर्थात् सबै पैसा व्यवसायी आफैंले जम्मा गर्नुपर्ने चिनी, चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा, भिनेगर, चुरोट, सूर्तिजन्य वस्तु लगायत हुन्।

बैंकबाट ऋण लिएर आयात गर्न नपाइने वस्तुमा परफ्युम, कस्मेटिक सामान, काठका वस्तु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आदि छन्।

यीसहित सुनचाँदी जस्ता बहुमूल्य वस्तु आयात गर्न पनि बैंकबाट ऋण लिन नपाइने भएको छ। राष्ट्र बैंकले सवारीसाधन आयातमा पनि ५० प्रतिशतमात्र बैंक ऋण लिन पाउने सुविधा दिएको छ।

राष्ट्रबैंकको यो निर्देशनसँगै माथि उल्लिखित वस्तुहरुको आयात गर्न आयातकर्ताले तोकिएको नगद मार्जिन राख्नुपर्नेछ । यसले आयात निरुत्साहित हुने केन्द्रीय बैंकका अधिकारीहरु दाबी गर्छन् ।

यसैगरी, सतप्रतिशत नगद मार्जिन राखेर प्रतितपत्र खोल्नुपर्ने र आयातकर्ताले भुक्तानी गर्नुपर्दा सोही मार्जिन निक्षेप प्रयोग हुने हुँदा उक्त भुक्तानी गर्दा बैंकहरुले टीआर लोन र अल्पकालीन कर्जा दिनुपर्ने बाध्यता हट्नेछ ।

यस्तो छ केन्द्रीय बैंकको सर्कुलर:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here