यी बैंकले शेयरधनीलाई बनायो उत्साहित, ८ बैंकको शेयर किन्दा अझै लाभांश

काठमाडौं, ६ पुस । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेको छ ।

बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन ।

लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन् भने केही बैंक साधारणसभाको तयारीमा छन्।

यस पटक पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । दोस्रोमा हिमालयन बैक रहेको छ ।

हिमालयन बैंकले शेयर धनीलाई २६ प्रतिशत लाभांश घोषणा गरेको छ । भने तेस्रोमा कृषि विकास बैंकले २० प्रतिशत घोषणा गरेको छ ।

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर तथा ३.३ प्रतिशत नगदसहित १५.८ प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी १५.७८९५ लाभांश दिने घोषणा गरेका छन् ।

सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९४७ प्रतिशत नगदसहित १७.८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगदसहित १६ प्रतिशत र सिटिजन्स बैंकले १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने जनाएका छन् ।

नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छे बैंकले १३.३ बोनस तथा ०.७ प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

ग्लोबल आइएमई बैैंकले १० प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १३.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले दश प्रतिशत बोनस तथा ३.० छ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

सेन्चुरी बैंकको लगानीकर्तालाई बैंकले ५.७५ प्रतिशत बोनस तथा ०.३ तीन प्रतिशत नगद गरी ६.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै नेपाल एसबीआई बैंकले ३.५ प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ ।

मेगा बैंकले १० प्रतिशत बोनस तथा २.०७ नगदसहित १२.०७ प्रतिशत आफ्ना शेयरधनीलाई दिने भएको छ ।

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.५ नगद गरेर ११.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैैंकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी)ले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् ।

लाभांश घोषणा गरेकामध्ये १६ बैंकको बुक क्लोज भइसकेको छ । यी बैंकको शेयर अब किन्नेले लाभांश पाउँदैनन् ।

८ बैंकको शेयर किन्नेले अझै पनि लाभांश पाउनेछन् । सेन्चुरी, एनआइसी एसिया, सिद्धार्थ, हिमालयन, कृषि विकास, सिभिल र नबिल बैंकको बुक क्लोज हुन बाँकी छ भने एनसिसीको आगामी सोमबार बुक क्लोजको मिति तय भएको छ । एनएमबी र एसबिआईको बुधबार बुक क्लोज हुँदैछ ।

लाभांश पाउन बुक क्लोजभन्दा अघिल्लो दिनसम्म शेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here