आलु, प्याजमा किन परनिर्भर छ नेपाल, पाँच महिनामा विदेशियो पौने ८ अर्ब

काठमाडौं, ८ पुस । नेपालीहरूको भान्सामा धेरै प्रयोग हुने तरकारी प्याज र आलुमा नेपालको परनिर्भरता बढ्दै गएको छ ।

तराईदेखि मध्य पहाडसम्म खेती हुने प्याज र तराइदेखि हिमालसम्म खेतीहुने आलुको लागि विदेशीकैै भर पर्नुपर्ने अवस्था रहेको छ ।

नेपालको जलवायु खेतीका उपयुक्त भएता पनि उत्पादन र उत्पादकत्व दुवै न्यून भएपछि आयातमा विदेशीकै भर पर्नुपरेको हो।

आलुको तुलनामा प्याजखेती नेपालमा कम हुन्छ भने प्याजको प्रयोग पनि कम हुने गरेको छ । कतिपय समुदाय प्याजको प्रयोग नै नगर्ने हुन्छन् भने कतिपय समुदाय प्याजबिना खाना नै नखाने पनि हुन्छन् ।

उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ। व्यावसायिक रुपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन्।

प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने वेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन् । जसको कारण नै विदेशीको भर पर्नुपर्ने अवस्था रहेको छ ।

किसानले प्याज उत्पादन गरेका वेला बजारमा मूल्य असाध्यै सस्तो पर्छ। उनीहरुसँग प्याजलाई भण्डार गरी राख्ने क्षमता हुँदैन। तर, आलु भने अधिकांसको भान्साको लागि अनिवार्य नै हुने गरेको छ । त्यस कारण नै आलुको आयत उच्च हुने गरेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ ।

आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपैयाँ विदेशीएको छ । दुई अर्ब ४७ करोडको प्याज आयात भएको छ । १८ करोड ६६ लाखको गोलभेंडा, ३७ करोड ४१ लाखको हरियो लसुन, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here