मानव जगत दोहोरो महामारीको चपेटामा, अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपियो

काठमाडौं, २३ पुस । मानव जगत दोहोरो महामारीको चपेटामा परेको छ । कोरोनाको नयाँ नयाँ भेरियन्टको महामारीले सताइरहेको बेला अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपिएको हो ।

फ्लुरोना संयुक्त राज्य अमेरिका, इजरायल, ब्राजिल, फिलिपिन्स र हंगेरी लगायतका थुप्रै मुलुकमा देखापरि सकेको छ ।

फ्लुरोना एउटा छुट्टै रोग भने होइन । कुनै व्यक्तिलाई दुवै भाइरसले एकै पटक आक्रमण गरेको अवस्थालाई फ्लुरोना भनिएको हो ।

अमेरिकामा दुई वर्ष अघिनै फ्लुरोनाको समस्या देखापरेको थियो । सन् २०२० को फ्रेब्रअरीमा न्युयोर्कको एउटा अस्पतालमा एकजना पुरुष डरलाग्दो खोकी र ज्वरोको समस्या लिएर अस्पताल गएका थिए ।

परीक्षणबाट उनीमा दुवै अर्थात् इन्फ्लुएन्जा र कोरोना भाइरस भेटिएको थियो ।

फ्लुरोना के हो ?

विज्ञहरूले पुष्टि गरे अनु्सार यो नयाँ संस्करण होइन, तर कोभिड–१९ भाइरस र इन्फ्लुएन्जा भाइरसको दोहोरो संक्रमण हो । कोभिड- १९ र इन्फ्लुएन्जा भाइरस एकै समयमा शरीरमा प्रवेश गरेमा बिरामीलाई फ्लुरोना संक्रमण भएको भनिन्छ।

त्यो फ्लुरोना कोरोना र इन्फ्लुएन्जाको दोहोरो संक्रमण हो, त्यसैले यसमा दुवै भाइरसका लक्षणहरू पाइन्छ। यसमा सामान्य देखि गम्भीर लक्षणहरू देखिन्छन्।

इजरायलको स्वास्थ्य मन्त्रालयले दुई संक्रमणलाई एकसाथ जोड्दा थप गम्भीर रोग निम्त्याउन सक्छ कि भनेर पत्ता लगाउन नतिजाहरू अध्ययन गरिरहेको विश्वास गरिन्छ।

महिलालाई दोहोरो संक्रमणको पहिलो दस्तावेज गरिएको केस मानिन्छ, इजरायली स्वास्थ्य विज्ञहरू विश्वास गर्छन् कि यस्तै अवस्था भएका अरू पनि छन् जसको निदान हुन बाँकी छ।

फ्लुरोनाको लक्षण

हल्का वा उच्च ज्वरो आउनु

-स्वाद वा गन्ध हराउँनु

-लगातार खोकी लाग्नु

-घाँटी दुख्नु

-निमोनिया

श्वासप्रश्वासको समस्या यी लगायत हुन् ।

कोरोना र इन्फ्लुएन्जा दुवै भाइरसको उपस्थितिको कारण, फ्लुरोनाका लक्षणहरू हल्का देखि गम्भीर हुन सक्छन्।

सामान्य लक्षण देखिएर बिरामी चाँडै निको हुन्छ। तर यदि उपचार नगरेमा निमोनिया, श्वासप्रश्वासको जटिलता र मायोकार्डाइटिस जस्ता गम्भीर लक्षणहरूले मृत्यु निम्त्याउन सक्छ।

बच्चे उपाय

यदि तपाईंले फ्लुरोनाका लक्षणहरू देख्नुभयो भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् र COVID-19 भाइरस परीक्षण गराउनुहोस्।

-सामाजिक दूरी कायम गर्ने

-बिरामी हुँदा घरमा बस्ने

-नियमित रूपमा हात धुने वा ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने

-आफ्नो आँखा, नाक र मुख नछुनुहोस्

-फ्लुरोना संक्रमित व्यक्तिहरूसँगको सम्पर्कबाट टाढा रहने

-राम्रो स्वस्थ बानीहरू जस्तै व्यायाम, योग, स्वस्थ खाना आदि।

विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले दुवै भाइरस एकै किसिमले अर्थात् खोक्दा, हाच्छ्ँयु गर्दा, बोल्दा, गाउँदा वा श्वास फेर्दा निस्कने जलवाष्प, थुक वा र्‍यालको छिँटाको माध्यमबाट सर्ने भएकाले संक्रमण रोक्ने उत्तम उपाय भनेकै मास्क लगाउनु रहेको जनाएको छ ।

-हिन्दीबाट अनुवाद गरिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here