‘हल्ट प्राइज एट आईओई’को फाइनल सम्पन्न, यी हुन् विजेता टोली

काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरियङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२१/२२’ को ग्राण्ड फाइनल कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक,भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा फाइनल सम्पन्न भएको आयोजकले जनाएको छ ।

फाइनलअघि अभिमुखीकरण कार्यक्रम, चार उद्यमशील शृङ्खला, दुई वर्कशप, दुई मेन्टरसिप सत्र आयोजना गरिएको थियो । फाइनलमा १८ टिम पुगेका थिए ।

हल्ट प्राइज आईओईका क्याम्पस निर्देशक विशाल वश्यालले हल्ट पुरस्कार २०२१/२०२२ को विषयलाई जोड दिए र पुरस्कारलाई भव्य बनाउन सँगै काम गर्ने सबैलाई बधाई दिएका थिए ।

बज्र टेक्नोलोजीका प्रमुख रणनीति अधिकारी श्रीयन सहभागीहरूलाई हालसम्मको प्रगतिको प्रशंसा गर्दै नतिजालाई वास्ता नगरी प्रत्योगिताभन्दा बाहिर नेतृत्व गर्ने वाचा गरेका थिए ।

भेर्टेक्स नेपालका परियोजना प्रबन्धक अशोक, सामाजिक सुरक्षा तथा रोजगार मन्त्रालयका युवराज बस्नेत, इम्प्याक्ट नेपालकी बाहार कुमारले सबैलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा कुल १८ टोलिहरुले पिच गरेका थिए ।

कार्यक्रमका अतिथि सनुप पौडेलले डिजिटल प्लेटफर्मको विकाससँगै संगीतमा पनि परिवर्तन आएको बताए । त्यस्तै कार्यक्रमका दोस्रो अतिथि दिलभूषण पाठकले नेपालमा प्रेस स्वतन्त्रता भर्खरै सुरु भएको बेला पत्रकारको हैसियतमा आफ्नो अनुभव र कर्णालीबाट रिपोर्टिङ गर्दा आफ्नो जीवन परिवर्तन गर्ने अनुभव व्यक्त गर्दै जनताको दयनीय अवस्थाको साक्षी रहेको बताए ।

कार्यक्रममा आकाश खड्का, समीर श्रेष्ठ, ओएसिस थापा, संजोग कोइराला, अनिल केशरी शाह, रिचा शर्मा लगायतको उपस्थिति थियो । कोइरालाले आफ्नो सही समय पर्खनुको सट्टा कुनै पनि अवसरलाई सदुपयोग गर्न र सम्भावनाहरू अन्वेषण गर्न आग्रह गरे ।

कार्यक्रमका अन्तिम अतिथी मदनकृष्ण श्रेष्ठले मिथिला शर्मासँग काम गरेका दिनहरू स्मरण गरेका थिए । उनले आफ्नो जीवनकालको अभिनय साथी हरिवंश आचार्यलाई कसरी पहिलो पटक भेटेका थिए र आफू तथा आफ्नी श्रीमतीको भेटले आफ्नो जीवनलाई कसरी पूर्ण र सफल बनायो भन्ने कुराको स्मरण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बज्र टेक्नोलोजीका सीइओ निशान्त कार्कीले ‘मेजरमि.एआई’ टिमलाई ‘बज्रा बेस्ट इन टेक’ अवार्डको विजेता घोषणा गर्दै इन्टर्नका लागि आमन्त्रित गरेका थिए । मदनकृष्ण श्रेष्ठले सेकेन्ड रनरअप टिम मुसुर र टिम मीम फर्स्ट रनरअप हुने टिमको घोषणा गरेका थिए ।

टिम मेजरमि.एआई लाई आईओइ २०२१/२२ मा हल्ट पुरस्कारको विजेता भएको थियो । विजेता टोलीलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन भएको थियो ।

अब यी तीन वटै टोलीले विदेशमा आयोजना हुने क्षेत्रिय प्रतिस्पर्धामा भाग लिन पनि पाउनेछन् । हल्ट बिजनेस स्कुल, हल्टप्राइज संस्था र सयुक्त रास्ट्र संघसँग आबद्ध भएर हल्टप्राइजको स्थापना गरिएको हो ।

क्षमताशिल एवम् ऊर्जावान युवाहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ । यो प्रतिस्पर्धालाई विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा समेत हेर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here