गर्मी मौसममा बिरामी हुनबाट कसरी बच्ने, स्वस्थ रहन खानुहोस् यी चीज

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर गर्मी महसुस हुन थालेको छ ।

गर्मी मौसममा हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ किनभने गर्मी मौसममा जाडोको तुलनामा रोगको प्रकोप वा विभिन्न प्रकारका समस्याहरु देखिने सम्भावना धेरै हुन्छ ।

मानिसको स्वास्थ्य मौसमसँगै परिवर्तन भइरहन्छ । त्यसैले आफ्ना् शरीरलाई स्वस्थ राख्न त्यसै अनुसारको खानपान गर्नु आवश्यक हुन्छ ।

नेपालको पहाडी र तराई क्षेत्रमा गर्मीका बेला स्वास्थ्यको राम्रो ख्याल नराख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने तथा ज्यानै जाने सम्म हुन सक्छ ।

मौसमको यो परिवर्तनले शरीरमा धेरै असर गर्छ। यस्तो अवस्थामा जीवनशैलीदेखि खानपानमा धेरै ध्यान दिनुपर्छ । यस समयमा दिउँसो तातो र रातमा हल्का चिसो हुन्छ।

कतिपय मानिसहरु गर्मी मौसमसँग तर्सिने वा गर्मी ठाउँमा जानै नचाहने पनि हुन्छन् । तर, आफ्नो खाने कुरामा केही परिवर्तन गर्ने हो भने गर्मीका बेलामा पनि स्वास्थ्यलाई राम्रो बनाइ राख्न सकिन्छ । त्यस मध्ये सजिलैसँग उपलब्ध हुने केही खाने कुरा यहाँ प्रस्तुत गरिएको छ ।

लौका –: लौकामा धेरै प्रकारका प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ । यसमा भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम र जिंक पाइन्छ। यी पोषक तत्वहरूले शरीरलाई रोगहरूबाट बचाउँछ। दैनिक बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहका बिरामीलाई निकै फाइदा हुन्छ ।

खरबुजा-: स्वादिलो हुनुका साथै खरबुजामा धेरै मात्रामा भिटामिन ए र सी पाईन्छ । खरबुजा गर्मी कम गर्ने फलको रुपमा पनि प्रसिद्ध छ । खरबुजामा धेरै पानीको मात्रा हुने कारणले गर्मीमा शरीरमा हुने पानीको कमीलाई पनि पुर्ति गर्दछ ।

विहान खाली पेटमा खरबुजा खाएर वा यसको जुस पिएर दिनको सुरुवात गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । दिउँसो वा घाम चर्केका बेला यसले दिने शितलता र राहत त छँदैछ ।

काँक्रो:- काँक्रोमा पानीको मात्रा धेरै हुनुको साथै भिटामिन र मिनरल पनि हुन्छन् । काँक्रोले निकै तातो मौसममा पनि शरीरलाई चिसो बनाई राख्नमा मद्दत गर्दछ । काँक्रोलाई सलाद, अचार वा जुसको रुपमा खान सकिन्छ ।

रसिला फलफूल:- गर्मी मौसममा अंगुर, सुन्तला जस्ता रसिला फलफूल खानाले स्वास्थ्यलाई निकै राम्रो गर्दछ । यस्ता फलफूलहरुमा सबैप्रकारका पोषक तत्वहरु पाईन्छ ।

विहान दिउँसो बेलुका यस्तो फलफूलको प्रयोगले धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ । गर्मी मौसममा रसिला फल खोजीखोजी खान नबिर्सनुस् ।

पुदिना:- धेरैले पुदिनाको प्रयोग चटनी वा अचारको रुपमा गर्छन् । यसले खानालाई स्वादिष्ट बनाउनुको साथै मानव शरीरलाई धेरै प्रकारले फाइदा पनि पुर्याउँछ । यसले गर्मी फाल्न र ग्याष्ट्रिकबाट जोखिन मद्दत गर्छ । गर्मीमा पुदिनालाई नियमित खानामा समावेश गर्नुस् ।

मोही/लस्सी:- दही, मोहीमा शरीरलाई शीतल बनाउने गुण हुन्छ । मोहीमा पाइने कतिपय तत्वहरु दुधमा पाईने ल्याक्टिक एसिड भन्दा स्वास्थ्यबद्र्वक हुन्छन् । खाना खाईसकेपछि यसको सेवन गर्नाले पाचनप्रकृयामा धेरे सहयोग पुग्छ ।

मोही वा दहीमा विशेष स्वाद खोज्नेले लस्सी बनाएर पिउन सक्छन् । यसमा पोटासिएम, क्याल्सिएम र जिंक धेरै मात्रामा पाईन्छ ।

प्याज:- गर्मी मौसमको चर्को घाम र तातो हावाको कारणले हुने धेरै प्रकारका समस्याहरुबाट मानव शरीरलाई बचाई राख्न प्याजले महत्वपूर्ण भूमिका खेल्छ । प्याजलाई सलाद, अचार वा तरकारीमा पकाएर बिभिन्न प्रकारले खान सकिन्छ ।

कागती:- कागती ज्यादै गुणकारी फल हो, जुन हर मौसम वा अवस्थामा सेवन गर्दा शरीरलाई लाभ नै पुग्छ । अझ गर्मी मौसममा त झन यसलाई नियमित सेवन गर्नु ज्यादै लाभकारी हुन्छ । कुन तरिकाले सेवन गर्ने त्यो तपाईंको छनोट हो यद्यपि दिउँसोको घाममा कागती पानी पिउनु फादाजनक हुन्छ ।

आजतक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here