राष्ट्रिय अर्थतन्त्रमा वाग्मती प्रदेशको हिस्सा ३६.९ प्रतिशत, अन्य प्रदेशको कति ?

काठमाडौं, २२ वैशाख । । राष्ट्रिय अर्थतन्त्रमा वाग्मती प्रदेशको हिस्सा ३६.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये वाग्मती प्रदेशको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षका अघिल्लो ९ महिनाको आर्थिक तथ्यांक र सूचनाको आधारमा देशको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५२ अर्ब पुग्ने अनुमान गरेको हो ।

विभागको अनुमान अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको रहने छ । उक्त प्रदेशको हिस्सा ४.१ प्रतिशत अर्थात् उपभोक्ता मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँ रहने छ ।

वाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.९ प्रतिशत अर्थात् उपभोक्ता मूल्यमा १७ खर्ब ९१ अर्ब पुग्ने अनुमान गरेको हो । यस वर्ष पनि राष्ट्रिय उत्पादनमा सबैभन्दा कम योगदान दिनेमा कर्णाली प्रदेश नै रहेको विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष सो प्रदेशको जीडीपीमा जम्मा ७ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ९९ करोड रुपैयाँ बराबरको मात्र योगदान रहने जनाएको छ ।

अघिल्लो वर्ष कर्णाली प्रदेशले १ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ बराबरको योगदान दिएको थियो ।

त्यस्तै गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.१७, कर्णालीको ५.४७, प्रदेश १ को ५.४१, लुम्बिनीको ५.३६, सुदूरपश्चिमको ४.९३ र मधेश प्रदेशको ४.८२ प्रतिशत रहेको विभागले जनाएको छ ।

यस आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५२ अर्ब (उपभोक्ता मूल्यमा) हुने अनुमान गरिएको छ ।

नेपालको अर्थतन्त्रको आकार उपभोक्ताको मूल्यमा ४८ खर्ब ५२ अर्ब रुपैयाँ पुग्ने अनुमान विभागको छ । यसमा प्रदेशगत रुपमा हेर्दा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहने छ । बागमतीको अर्थतन्त्रको आकार १७ खर्ब १९ अर्ब रुपैयाँ बराबरको रहने भएको छ ।

प्रदेश नं १ को ७ खर्ब ६३ अर्ब रहने छ । मधेश प्रदेशमा ६ खर्ब ४४ अर्ब को रहेको छ । गण्डकीको४ खर्ब ३२ अर्ब रुपैयाँ रहने भएको छ । लुम्बिनी प्रदेशको ६ खर्ब ८५ अर्बको हिस्सा रहने विभागले जनाएको छ ।

कर्णालीले १ खर्ब ९८ अर्ब रुपैयाँ र सुदुरपश्चिमले ३ खर्ब ३९ अर्ब रुपैयाँको हिस्सा रहने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here