काठमाडौं, ४ जेठ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
यो नै हालसम्मको उच्च भाउ हो । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ८१ पैसा छ । यसअघि गत फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसामा डलर विक्री भएको थियो ।
फागुन २४ गतेको तुलनामा डलरको भाउ ९७ पैसा बढेको हो । केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।
विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।
केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ४ सय ४ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रीदर ४ सय ५ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ३४ रुपैयाँ ५ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ २५ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय २८ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ३० रुपैयाँ तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
डलर कसरी बन्यो शक्तिशाली ?
सन् १९४४ मा ब्रेटनवुड्स सम्झौता भएसंगै डलर शक्तिशाली मुद्रा बन्ने क्रम शुरु भएको थियो । यसभन्दा अघि मानिसहरु सुनलाई सबैभन्दा शक्तिशाली मानक मान्ने गर्थे ।
न्यू हेम्पसायरको ब्रेटनवुड्समा विश्वभरका सबै विकसित देशका प्रतिनिधिले भेटवार्ता गरेर अमेरिकी डलरको तुलनामा सबै मुद्राको विनिमय दर तय गरे । त्यस समय अमेरिकाको साथमा सबैभन्दा धेरै सुनको भण्डार थियो । यस सम्झौताले अरु देशलाई पनि सुनको सट्टा आफ्नो मुद्राले डलरलाई समर्थन गर्ने अनुमति दियो ।
सन् १९७० को सुरुवातमा धेरै देशहरुले डलरको सट्टा सुनको मागको बढी गर्न थाले किनभने उनीहरुलाई मुद्रास्फितीसँग लड्ने आवश्यकता थियो ।
त्यो समयमा राष्ट्रपति निक्सनले फोर्ट नोक्सको आफ्नो सबै भण्डार समाप्त गर्ने अनुमति दिनुको सट्टा डलरलाई सुनबाट अलग बनाइदिए ।
त्यतिखेर सम्म डलर संसारको सबैभन्दा महत्वपुर्ण र सुरक्षित मुद्रा बनिसकेको थियो ।
सन् २००९ मार्चमा चीन र रुसले एक नयाँ विश्वव्यापी मुद्रा बनाउने माग गरे । उनीहरु चाहन्थे कि एक यस्तो रिजर्भ मुद्रा बनाइयो जुन कुनै एक देशको भन्दा बिल्कुलै फरक होस् र लामो समयसम्म स्थिर रहन सक्षम होस् । यस प्रकार क्रेडिटमा आधारित राष्ट्रिय मुद्राको प्रयोगबाट हुने वाला नोक्सान हटाउन सकियोस् ।
चीनलाई चिन्ता छ कि यदि डलरको मुद्रा स्फिती तय भएमा उसको खर्बौं डलर कुनै काममा रहदैन । यो त्यतिखेर मात्रै हुन सक्छ जब अमेरिकी कर्जा तिर्नको लागि युएस ट्रेजरीले नयाँ नोट छाप्छ । चीनले अन्तराष्ट्रिय मुद्रा कोषबाट डलरको सट्टा नयाँ मुद्रा बनाउने माग गरेको थियो ।
सन् २०१६ को चौंथो त्रैमाससम्ममा चीनको युयान विश्वको एक अर्को ठूलो रिजर्भ मुद्रा बनेको थियो । २०१७ को तेस्रो त्रैमास सम्म विश्वभरको केन्द्रिय बैंकमा १०८ अर्ब डलर थियो । यो एक सानो सुरुवात हो तर भविष्यमा यसको वृद्धि जारी रहनेछ ।
यसै कारण चीन चाहन्छ कि उसको मुद्रा विश्वव्यापी मुद्रा बजारमा व्यापारको लागि पूरै तरिकाले प्रयोग होस् । यस्तो होस् जसरी डलरको सट्टा युआनलाई विश्वव्यापी मुद्राको रुपमा प्रयोग होस् । यसको लागि चीनले आफ्नो अर्थव्यवस्थालाई सुधारिरहेको छ ।
सन् २००७ मा फेडरल रिजर्भका अध्यक्ष एलेन ग्रिनस्प्यानले भनेका थिए कि यूरोले डलरको स्थान लिनसक्छ । सन् २००६ को अन्तिमसम्म विश्वभरका केन्द्रिय बैंकको कुल विदेशी मुद्रा भण्डारमा यूरो २५ प्रतिशत भएको थियो जबकी डलर ६६ प्रतिशत थियो । विश्वका कैयौंं इलाकामा यूरोको प्रभुत्व पनि छ ।
यूरो यसकारण पनि बलियो छ किनभने यूरोपियन यूनियन विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा एक हो ।