शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने, आफूखुशी भंग गर्न नपाइने

काठमाडौं ७ असार । सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जानसक्ने भएका छन् ।

पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित बीमा समितिले परिपत्र जारी गरेकाे छ ।

जसमा सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरि नसकेका इजाजतपत्र प्राप्त बीमकहरू एकआपसमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ । तर, मर्जरमा गएका बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित बीमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै बीमा समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर, उक्त कम्पनीहरू मर्जरमा गएपछि बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने व्यवस्था छ ।

मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरूले गाभ्ने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बीमा समितिको स्वीकृति नलिई आफूखुशी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ ।

मर्जरपछि बन्ने बीमा कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने

त्यस्तै मर्जर तथा एक्विजिशन पश्चात बन्ने बीमा कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने भएको छ । बीमा समितिले सोमबार एक परिपत्र जारी गर्दै मर्जरपछि बनेको बीमा कम्पनीको कूल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको हो ।

समितिले हाल साधारण सेयर जारी गरिसकेका वा गर्न बाँकी रहेका कम्पनीहरु एक आपसमा गाभिन पाउने व्यवस्था गरेको छ । तर, गाभिएपश्चात बन्ने कम्पनीको पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणको नभएमा कम्पनीले जारी गर्नुपर्ने समितिले जनाएको छ ।

त्यस्तै, समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका कम्पनीहरु पनि मर्जरको लागि योग्य हुने छन् । तर सो कम्पनीहरु मर्जरपश्चात बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात भने बीमा समितिले तोके बमोजिमकै हुनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here