घातक बन्दै हेडफोनको प्रयोग, अनुसन्धान भन्छ-‘२०५० सम्म कान नसुन्नेको संख्या २५० करोड पुग्छ’

काठमाडौं । हेडफोन सबैको प्रिय साथी बनेको छ । एक्लो हुँदा, कुनै काम गर्दा वा लामो दुरीको यात्रा गर्दा हामी हेडफोन राख्न भुल्दैनौं ।

यस्ता थोरै व्यक्ति भेटिन्छ, जो बिना हेडफोन आफ्नो दिनको अन्त्य गर्छन् । हेडफोनको प्रयोगले आफू वरपरका अनावश्यक आवाजबाट छुटकारा पाउन मद्धत गर्छ । थाकेको वा कुनै तनाव भएमा हेडफोन असल साथी पनि बन्न सक्छ ।

तर अनुसन्धान अनुसार केही व्यक्तिहरू एक्लोपन, शहरी कोलाहल र हेडफोनको प्रयोगका कारण समस्याहरू सामना गरिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार विश्वका करिब १५ करोड मानिसले कुनै न कुनै प्रकारको कान श्रवणशक्तिको समस्या भोगिरहेका छन् । यो संख्या २०५० सम्ममा २५० करोड पुग्ने अनुमान गरिएको छ । त्यसैले यसलाई स्वास्थ्य समस्याको रुपमा हेरिएको छ ।

फ्रान्समा ३७ प्रतिशत मानिसहरू मात्र श्रवण उपकरण प्रयोग गर्छन् । धुम्रपान गर्ने र उच्च बीएमआई भएका व्यक्तिहरूले पनि श्रवण यन्त्र कम प्रयोग गरिरहेका छन् ।

फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मेडिकल इन्स्टिच्युटले गरेको अनुसन्धानले फ्रान्समा चारमध्ये एक जनालाई कानमा समस्या भएको देखाएको छ ।

उनीहरु बिस्तारै कान नसुन्ने बन्दै गएका छन् । अर्थात् त्यहाँको २५ प्रतिशत जनसंख्या यसबाट प्रभावित भएको छ ।

फ्रान्समा पहिलो पटक यस्तो अनुसन्धान ठूलो मात्रामा गरिएको छ, जसमा १८ देखि ७५ वर्ष उमेर समूहका एक लाख ८६ हजार ४६० जनालाई समावेश गरिएको थियो ।

हेडफोन तथा अत्यधिक ध्वनीले टिनिटस (कान कराउने) वा कान नसुन्ने जस्ता समस्या निम्त्याउन सक्छ । समस्याको प्रकार भने चर्को आवाज र कति समयसम्म हेडफोन कानमा राख्ने भन्नेमा भर पर्छ ।

चिकित्सा भाषामा टिनिटस भनेको कान कराउने समस्या हो । यो आफैमा एक ठूलो समस्या बनेको छ ।

कानमा फोहोर जमेमा, सक्रंमण भएमा, चर्को आवाज, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, शरीरमा रगतको कमी, धेरै समयसम्म हेडफोनको प्रयोगले कान कराउने समस्या हुने गर्छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here