अब फेसबुकमा ‘एनएफटी’ पोस्ट गर्न सकिने, इण्टरनेट दुनियाँमा किन छ क्रेज ?

फोटो: गुगलबाट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले पनि नन–फन्जिबल टोकन (एनएफटी) पोस्ट गर्न मिल्ने सुबिधा थप गरेको छ ।

हाललाई अमेरिकाका सीमित प्रयोगकर्तालाई आफ्नो डिजिटल सामग्री अर्थात एनएफटी पोस्ट गर्न अनुमति दिइएको फेसबुको मूख्य कम्पनी मेटाले जानकारी दिएको छ ।

मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसअघि नै कम्पनीले एनएफटी परिक्षण गरिरहेको जानकारी दिएका थिए । सो परीक्षण पछी अहिले अमेरिकामा केही प्रयोगकर्तालाई प्रयोग गर्न दिइएको हो ।

यो फिचर फेसबुकका अन्य प्रयोगकर्ताले कहिलेबाट प्रयोग गर्न पाउनेबारे भने कम्पनीले खुलासा गरेको छैन ।

प्रयोगकर्ताले आफ्नो स्टाटस पोस्ट गरेजस्तै आफ्ना एनएफटीहरू पोस्ट गर्न सक्नेछन् ।

त्यस्तै प्रयोगकर्तामा साथीअथवा फलोअर्सले भने एनएफटीमा क्लिक गरेर यसबारे थप विवरण लिन सक्नेछन् ।

के हो ‘एनएफटी’ ?

‘एनएफटी’ अर्थात नन-फन्जिबल टोकन । ‘एनएफटी’ भनेको कुनै पनि डिजिटल बस्तुको परिचय हो । जसले गर्दा सो वस्तुलाई अन्य भन्दा फरक देखाउँछ वा अरुले प्रतिस्थापन गर्न सक्दैन ।

त्यसको आफ्नो छुट्टै पहिचान हुन्छ । ‘एनएफटी’ केभिन मककोयले मे २०१४ मा आविष्कार गरेका थिए । उनले क्रिप्टो कला बजार सृजना हुनअघि नै क्वान्टम नन-फन्जिबल टोकन सृजना गरेका हुन् ।

यहाँ नन-फन्जिबल भन्नाले अरु भन्दा फरक अस्तित्व रहेको भन्ने बुझिन्छ । उदाहरणका लागि तपाईसँग भएको पाँच रुपैयाँ र तपाईको साथीसँग भएको पाँच रुपैयाँको मूल्य बराबर हुन्छ ।

यो फन्जिबल भयो । यदी तपाईसँग भएको पाँच रुपैयाँमा कुनै सेलिब्रेटीको हस्ताक्षर लिनुभयो भने यो नन-फन्जिबल अर्थात अरुभन्दा फरक भयो ।

त्यसैगरी लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको पेन्टिङ लुव्रि म्युजियममा छ । त्यसलाई नन-फन्जिबल भन्न सकिन्छ ।

किनकी मोनालिसाको फोटो गुगलबाट डाउनलोड गरेर वा प्रिन्ट गरेर राख्न त सकिन्छ । तर दा भिन्चीले बनाएको पेन्टिङको महत्व अरुभन्दा बढी छ । त्यसको स्वामित्व अरुले लिन सक्दैन ।

अहिले डिजिटल संसारमा भने स्वामित्व लिने/दिने भइरहेको छ । मानिसहरु डिजिटल आर्टलाई आफ्नो नाममा बनाउन लागिपरेका छन् ।

विज्ञहरुका अनुसार पाँच बर्ष यता डिजिटल आर्टले परम्परागत कलालाईपछी पारिसकेको छ ।

‘एनएफटी’मा सक्कल र त्यसको नक्कल सजिलै पहिचान गर्न सकिन्छ । त्यस्तै कुनै पनि डिजिटल सम्पत्ति कसको स्वामित्वमा छ भनेर सजिलै हेर्न सकिन्छ ।

‘एनएफटी’मा ब्लकचेन टेक्नोलोजी प्रयोग भएको छ । ब्लकचेन प्रविधिमा कुनै पनि डिजिटल आर्टको सूचना ब्लक्समा राखिएको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here