राष्ट्रिय औद्योगिक सर्वेक्षण: देशभर कति छन् उद्योग, कतिले पाए रोजगारी ?

काठमाडौं, २४ असार । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार एक कार्यक्रमकोबीच नतिजा सार्वजनिक गरेको हो ।

सर्वेक्षण नतिजा अनुसार नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ती मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६ वटा, उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत तथा ग्यास सेवा क्षेत्रमा ९९४ र पानीको आपूर्ति ढल निकास फोहोर व्यवस्थापनमा २ हजार २२४ वटा प्रतिष्ठान रहेको सर्वेक्षणले देखाएको छ ।

४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन् । ती मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ६ हजार ४८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा ४ लाख ४४ हजार ९६४ जना विद्युत तथा ग्यास सेवा क्षेत्रमा २१ हजार ५९३ जना पानीको आपूर्ति ढल निकास फोहोर व्यवस्थापनमा १८ हजार १८५ जना रहेका छन् ।

ती मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ६ हजार ४८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा ४ लाख ४४ हजार ९६४ जना विद्युत तथा ग्यास सेवा क्षेत्रमा २१ हजार ५९३ जना पानीको आपूर्ति ढल निकास फोहोर व्यवस्थापनमा १८ हजार १८५ जना रहेका छन् ।

चार वटा प्रतिष्ठानमा तलबी कामदारको संख्या ३ लखा ८१ हजार ६८७ जना रहेका छन् । ती मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ५ हजार ७१९ जना, औद्योगिक उत्पादन क्षेत्रमा ३ लाख ४६ हजार १४३ जना विद्युत तथा ग्यास सेवा क्षेत्रमा १७ हजार २३८ जना पानीको आपूर्ति ढल निकास फोहोर व्यवस्थापनमा १२ हजार ५८७ जना रहेका छन् ।

कोभिड-१९ को समयमा सरकारले गरेको करिव ४ महिनाको लकडाउन अवधिमा करिब ३४ उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ ।

यसैगरी २४% उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र वाँकी १३% उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ ।

औद्योगिक सवेक्षणअनुसार लकडाउनको समयमा करिब १७% कामदारहरुले बिना सुविधा स्थायीरुपमा र ६०% कामदारहरुले बिना तलब/सुविधा अस्थायीरुपमा काम छाड्नु परेको थियो।

तथ्याङ्क अनुसार अस्थायी प्रकृतिका ६० प्रतिशत कामदारले विना तलब सुविधा कामबाट हात धुनुपरेको थियो । यस्तै १७ प्रतिशत स्थाई कर्मचारीसमेत सो समयमा विना सेवा सुविधा बसेका थिए ।

प्रतिवेदनअनुसार ११ प्रतिशतले मात्र आंशिक तलव सुविधा पाएका थिए भने १२ प्रतिशतले समयमा तलब नपाएको औल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here