पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अतिरूद्र महायज्ञ’ हुँदै

काठमाडौं । जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (जगद्गुरू महायोगी सिद्धबाबा) को सत्संकल्पमा पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ’ हुने भएको छ ।

जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा यही साउन २ गते देखि १० गते सम्म नेपालकै ऐतिहासिक ‘अभिषेकात्मक अतिरूद्र महायज्ञ ‘ हुन लागेको हो ।

मुलुकको चौतर्फीव्याप्त प्रकृतिक विपत्ति निवारण भइ समृद्धि,विश्व शान्ति तथा जीव-जगत एवं मानव कल्याण हेतु , सुशान्ती अमन चयन कायम रहोस् र मानव मात्रामा रहेको राग द्धेष, वैमनश्यता तथा विधित प्रकारका दोष समन सनातन धर्मको संरक्षणको लागि उक्त महायज्ञ हुन लागेको आयोजकले जनाएको छ ।

विशेष आरधान सहित नौ दिनसम्म चल्ने महायत्रमा रुद्राध्यायीको १४,६४१ आवृति रुद्रीपाठ हुनेछ ।

विश्वमा दोश्रो पटक र सिद्धबाबाको सत्संकल्पमा नेपालमा पहिलो पटक पवित्र भूमि पशुपति क्षेत्रमा अभिषेकात्मक अतिरूद्र महायज्ञ हुन लागेको हो ।

देशका मूर्धन्य दैवज्ञ, धर्माचार्य, तन्त्रविशारद एवं संस्कृतिविदहरुको संरक्षकत्व र निर्देशनमा हुने महायज्ञको साउन २ का दिन बिहान ११ बजे नेपाल उप–राष्ट्रपति श्री नन्दवहादुर पुनवाट विधिवत शुभारम्भ गरिने एक पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ ।

यज्ञ अवधिभर हरेक दिन विहान ६ बजे देखि अपरान्ह १ बजे सम्म’अतिरुद्राभिषेक’ र अपराह्न ३–६ बजे सम्म सतसङ्ग लगायत भजन/कीर्तन/आध्यात्मिक झांकी आदिको प्रस्तुति हुनेछ ।

साउन ९ र १० गतेका दिन अपराह्न ३–६ वजे सम्म देश विदेशका सन्त महापुरुषहरुको विशेष सम्मेलन हुने बताईएको छ ।

‘स्वयम्भू’ भगवान आशुतोषको क्षेत्रमै हुन गइरहेको अति दुर्लभ यस ‘रुद्र महायज्ञ’ मा सहभागी भई भगवान आशुतोषको कृपा प्रसाद प्राप्त गर्नु हुन सबैमा आग्रह गरिएको छ ।

जसले शिवद्रोह गर्दछ तिनका प्रति श्रीराम भन्नुहुन्छ –

शिवद्रोही मम भगत कहावा । सो नर सपनेहुँ मोहि न पावा ।।
शंकर विमुख भगति चह मोरी । सो नारकी मूढ मति थोरी ।। लंकाकाण्ड १

स्वयं भगवान श्रीराम भन्नुहुन्छ –

शंकर प्रिय मम द्रोही सिव द्रोही मम दास ।
ते नर करहिं कलप भरि घोर नरक महूं बास ।।

रुद्री भन्नाले के बुझिन्छ ?

रुद्रको वेदविधिले शिवलिङ्गमाथि पूजा गरेर श्रृङ्गीद्वारा अभिषेक गर्दै शुक्लयजुर्वेदका १०० मन्त्रको एघार आवृत्ति गरिने पाठलाई नै रुद्री भनिन्छ ।

रुद्र को हुन् ?

शिव र रुद्र ब्रह्मकै पर्यायवाची शब्द हुन् । ‘शिवयति इति शिवः’ शिव अर्थात कल्याण, रुद्र अर्थात दुःखहर्ता । जीवको दुःखहरण गरेर भगवानको भक्तिद्वारा कल्याण गर्ने हुनाले शिवलाई रुद्र भनिन्छ । ‘रुतम् दुखम्, द्रावयति नाशयतीति रुद्रः ’ अर्थात् दुःख विनाश गर्नेलाई रुद्र भनिन्छ ।

रुद्र शब्दको निरुक्ति अनुसार भगवान रुद्र दुःखनाशक, पापनाशक एवं ज्ञानदाता हुनुहुन्छ । रुद्रसूक्तमा भगवान रुद्रको शम्भु, शंकर, शिव लगायत विविध (५३) स्वरुपको वर्णन गरिएको छ ।

अतिरूद्र महायज्ञ किन गरिन्छ ?

-वेदः शिवः शिवो वेदः अर्थात् वेद शिव हुन् र शिव नै वेद हुन् अर्थात् शिव वेदस्वरुप हुनुहुन्छ । अतः वेदविहित यज्ञपुरुष स्वयम्भू रुद्र नै भएका र वेद चाहिँ नारायणको साक्षात स्वरुप भएकोले (वेदो नारायणः साक्षात् स्वयम्भूरिति शुश्रुमः) वेद मन्त्रद्वारा ती यज्ञपुरुषको उपासनाका लागि शिवजीको पूजन, अभिषेक, यज्ञ, जप आदि गरिन्छ ।

– श्रीरामको प्रसन्नताको लागि रुद्रपूजन गरिन्छ ।

-मनुष्यको मन विषयलोलुप भएर अधोगति नहोस्, उसका चित्तवृत्ति स्वच्छ भएर प्रवृत्तिमार्गबाट निवृत्तिमार्गमा जान सकोस् भन्ने अभिलाषापूर्तिका लागि रुद्रपूजन गरिन्छ ।

-लोकमा भगवदभक्ति, शान्ति, पुत्र–पौत्रादि, धन–धान्य एवं सुन्दर स्वास्थ प्राप्त होस् र परलोकमा सद्गति र परमपद (मोक्ष) प्राप्त होस् भनी लौकिक –पारलौकिक कल्याणका लागि रुद्रपूजन गरिन्छ ।

-कुलपरम्परालाई आनन्द प्रदान गर्न पनि रुद्रपूजन गरिन्छ ।

यस अति रुद्री महायज्ञको विशेषता भनेको १२१ जना याजक परिवारको साथमा १२१ जना वटुक ब्राह्मणद्वारा शुक्लयुजुर्वेदसंहिता अन्तर्गत ‘रुद्राष्टाध्यायी’को मन्त्रले ९ दिन सम्म १४६४१ पटक पाठात्मक अनुष्ठानपूर्वक शिवलिङ्गमा अभिषेक गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here