देशभर ६० प्रतिशत रोपाइँ सकियो, मलको अभावले उत्पादनमा असर पर्ने

काठमाडौं, २ साउन । यो वर्ष देशैभरका किसानले ६० प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार यो वर्ष हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको हो । गत वर्षको तुलनामा करिब ८ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ ।

विशेषगरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।

यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ ।

रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

नेपालका रोपाइँ हुने जमिनमध्ये ५९ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्ने अवस्था रहेको र अन्य ४१ प्रतिशतकोलाई सिंचाई सुविधा रहेको छ ।

अर्कोतर्फ अव्यवस्थित रूपमा खेतीयोग्य जमिन प्लटिङ हुनुले पनि खेतीयोग्य जमिन मासिँदै जान थालेको छ।

कृषकका समस्यामा भने अझै पनि सरकार गम्भीर छैन । भारतलगायत तेस्रो मुलुकहरूबाट बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

एकातर्फ सिंचाई सुविधा नहुँदा कृषकले आकासे पानीकै भरमा रोपाइँ गर्नुपर्छ, अर्कोतर्फ रोपाईकै मुखमा मल नपाएर कृषक आत्तिनु पर्ने अवस्था रहने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here