असोजमा मात्रै थपियो साढे ६१ अर्ब निक्षेप, धेरै निक्षेप नबिलको तेस्रोमा ग्लोबल आइएमई बैंक

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोजमा बैंकहरूको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढेको हो।

बैंकहरुले ब्याजदर बढाएसँगै निक्षेप संकलन पनि बढेको हो ।

असोजमा बैंकहरुले ब्याज बढाएका थिए। उनीहरुले साधारण मुद्दतिमा दिने ब्याज ११.०३ बाट बढाएर १२.१३३ प्रतिशत पुर्याएका थिए।

भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा निक्षे असोज मसान्तसम्म बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, ४ दिनको अवधिमा बैंकहरुले २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअघि असोज २८ गते बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।

यता ऋणप्रवाह पनि असोज महिनामा ३० अर्ब ४ करोड रुपैयाँ प्रवाह भएको छ। जुन वृद्धिदर ४५.४८ प्रतिशतले बढी हो। भदौ मसान्तसम्म ४१ खर्ब ९० करोड २८ करोड रुपैयाँ रहेको थियो भने असोजमा ४२ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह पुगेको छ।

असोजमा ५ वटा बैंकको निक्षेप संकलन घटेको छ भने बाँकी सबै बैंकको निक्षेप संकलन बढेको छ। बैंकहरूमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले बढाएको छ।

इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन्।

सनराइज बैंकको निक्षेप सबैभन्दा धेरै २ अर्ब ८६ करोड रुपैयाँले घटेको छ भने एनएमबि बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र एभरेष्ट बैंकको निक्षेप संकलन घटेको छ।

सबैभन्दा धेरै निक्षेप नबिल बैंकको रहेको छ। नबिलको ३ खर्ब ३९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने एनआईसी एसिया बैंक दोस्रोमा रहेको छ।

एनआईसी एसिया बैंक ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ हुँदा तेस्रोमा ग्लोबल आईएमई बैंकको २ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ रहेको छ। नेपाल बैंकर्स संघका अुनसार सीडी रेसियो ८७.२० प्रतिशत रहेको छ । यसअघि बैंकहरुको सीडी रेसियो ८६.९६ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here