काठमाडौं, १३ साउन ।
बालुवाटार जग्गा प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पूर्वकर्मचारी युक्तप्रदाद श्रेष्ठले आइतबार आत्महत्या गरे ।
मालपोतका पूर्व नासु श्रेष्ठले बालाजुस्थित हिमालयन सीटी सेन्टरको अग्लो भवनबाट झरेर आत्महत्याको बाटो रोजेका हुन् ।
त्यसो त अघिल्लो साता ३ साउनमा त्रिभुवन विश्वविद्यालयमा कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका थिए उनले पनि अग्लो भवनबाटै झरेर आत्महत्याको बाटो रोजे ।
प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनी अगाडी रहेको राधा भवनको पाँचौ तल्लाबाट हाम फाल्दै पाण्डे संसारबाट बिदा भएका हुन् ।
यी दुई हत्याकाण्डले एक गम्भीर प्रश्न भने खडा गरेको छ । भ्रष्टाचार आरोप लाग्दैमा कोही पनि दोषि हुँदैन । किनकी अख्तियारको अनुसन्धानले भ्रष्टाचार दावि गरेपनि अदालतबाट सफाई पाएका अनेकौं उदाहरण छन् ।
अझ ठूल्ठूला नेता र कर्मचारी त झनै फस्दै फस्दैनन् । यस्तोमा पूर्व कर्मचारी त्यो पनि तल्लो तहमा बसेर काम गरेका कर्मचारी अनुसन्धान कै क्रममा आत्महत्याको बाटो रोज्नुले ठूलो आंशका निम्त्याइरहेको छ ।
सामाजिक संजालमा यी दुई आत्महत्यालाई लिएर भ्रष्टाचारको प्रायश्चित गरेको मान्नेहरु पनि छन् । तर, कसैको जीवनको कूनै मूल्य हुँदैन । त्यसमाथि साना कर्मचारीबाट भइरहेको आत्महत्याले कतै अनुसन्धानका दौरान उनीहरुमाथि चरण्म मानसिक यातना त दिइएको छैन भन्ने प्रश्न उठ्न सक्छ ।
साना माछा समाएर ठूला उम्काउने परिपाटी नेपालको पुरानै प्रवृत्ति हो । साना कर्मचारीलाई बदनाम बनाएर ठूलाठालु उम्बाउन सजिलो मान्ने गरिन्छ ।
कतै त्यही ऋृंखला त यहाँ भइरहेको छैन ? यस प्रश्नमा गम्भीर हुनु जरुरी छ । भ्रष्टचार आरोपले एक व्यक्तिलाई मात्र पिरोल्दैन, यसले परिवारको सात पुस्तासम्म असर गर्छ ।
आरोपितले कतै परिवारले पाउने मानसिक टर्चरसँग पो डराइरहेका छन् की ?
किनकी आरोप लाग्दैमा दोषि करार नहुने भएपनि हाम्रो समाजले आरोप लाग्दैमा व्यक्तिलाई भिलेन देख्न थाल्छ । उसलाई नराम्रो दृष्टिकोणबाट हेर्न थाल्छ ।
त्यसकारण भ्रष्टाचार काण्ठमा हुने ढोल पिटाई बन्द गरेर प्रभावकारी अनुसन्धानमार्फत वास्तविक दोषि पत्ता लगाई कडा कारवाही गर्ने परिपाटी पो बसाउने हो की ?