‘मेटाभर्स’को रियल स्टेट व्यवसाय, काल्पनिक जमिन खरिदमा करोडौं लगानी

काठमाडौं । रियल स्टेटमा लगानी गर्ने तथा कमाउने प्रचलन त धेरै अघिदेखिको हो । रियलस्टेटलाई अनुत्पादक क्षेत्रको रुपमा चर्चा गरिएपनि यस क्षेत्रमा धेरैको आकर्षण देखिन्छ ।

यो त भयो जमिन नै खरिद तथा विक्री गर्ने । तर पछिल्लो समय भर्चुअल भूमिको किनबेचमा समेत मानिसहरु आकर्षित भएको देखिन्छन् ।

एक अध्ययनले देखाए अनुसार भर्चुअल भूमिको किनबेचमा समेत २ बिलियन खर्च गरिएको छ । मेटाभर्समा आफ्नो भर्चुअल जग्गा किन्ने दौडमा विगत १२ महिनामा मात्रै सो बराबरको खर्च गरिएको हो ।

भर्चुअल क्षेत्रमा रियल इस्टेट एक महँगो व्यवसाय हो, जस्तै वास्तविक संसारमा, जहाँ मूल्यहरू स्थान, जनसंख्या, आपूर्ति-माग अनुपात, र अन्य कारकहरूद्वारा निर्धारण गरिन्छ। जब मेटाभर्समा पार्सलको माग एक विशेष क्षेत्रमा बढ्छ, मूल्यहरू स्वचालित रूपमा बढ्छ।

लगानीकर्ताहरू स्टक र परम्परागत घरजग्गाको साथमा जस्तै भर्चुअल भूमि जम्मा गर्न चाहन्छन्। भविष्य डिजिटल हो भन्ने विश्वास गर्ने लगानीकर्ताहरूले भर्चुअल क्षेत्रहरूमा लाखौं डलर लगानी गर्छन्।

यी कम्पनीहरूले भविष्यवाणी गरेका छन् कि लाखौं मानिसहरू भर्चुअल सम्पत्तिहरूमा जम्मा हुनेछन् र लगानीमा सम्भावित प्रतिफलको आशामा बिक्रीको लागि भर्चुअल जग्गामा लगानी गर्नेछन्।

असली जमिन होइन जहाँ तपाँई घर अफिस बनाएर बस्न सक्नुहुन्छ । तर भर्चुअल जमिनमा पनि तपाँई अफिस घर वा रंगशाला बनाउन सक्नुहुन्छ ।

तर त्यहाँ तपाँई होइन तपाँईको अवतार बस्न सक्छ । भर्चुअल भूमिहरू डिजिटल स्पेसहरू वा जग्गा प्लटहरू हुन् । जुन तपाईंले भर्चुअल संसारमा किन्न, बेच्न, निर्माण गर्न र अन्वेषण गर्न सक्नुहुन्छ।

यो रणनीति वास्तविक-विश्व रियल इस्टेट लगानीसँग मिल्दोजुल्दो छ, जसमा लगानीकर्ताहरूले पछि नाफामा पुन: बिक्री गर्ने उद्देश्यले उदीयमान क्षेत्रहरूमा जग्गा खरिद गर्छन्।

जबकी हामी मेटाभर्सबाट वर्षौं टाढा छौं । अनलाइन एकल इमर्सिभ स्पेसको रूपमा उभरिरहेको छ जहाँ मानिसहरू बस्न, काम गर्न र भर्चुअल वास्तविकतामा खेल्न सक्छन्। त्यसोभए के जग्गा हडप्नु एउटा ठूलो जुवा हो त भन्ने प्रश्नहरु पनि आउन थालेका छन् ।

के हो मेटाभर्स ?

मेटाभर्स प्रविधि उद्योगको कल्पनालाई कब्जा गर्ने ‘बजवर्ड’ हो । यसलाई ‘भर्चुअल युनिभर्स’को रुपमा लिन सकिन्छ । जहाँ मानिसहरु भर्चुअल्ली भेट्ने खेल्ने तथा काम गर्ने गर्न सक्छन् । मेटाभर्सलाई अनन्तको संचारका रुपमा विकाश गरिने देखिएको छ ।

मेटाभर्समा स्मार्टफोन एप, हेडसेट तथा ‘अगमेन्टेड रियालीटी ग्लास’ लगाएर कृतिम समुदायसँग सम्बन्ध बनाउन सकिन्छ । मेटाभर्समा तपाँई सबैप्रकारका डिजिटल डिभाइसहरु प्रयोग गरेर भर्चुअल संचारमा जान सक्नुहुने छ ।

भिआर गेम तथा भिडियो हेर्नका लागी मात्र प्रयोग हुने गरेकोमा मेटाभर्स फिल्म हेर्न, खेल्न, किनमेल, घुम्न,कन्र्सट, काम तथा ह्या आउटका लागी मात्र पनि प्रयोग गरिन्छ ।

यसले इन्टरनेटको भविष्यलाई संकेत गर्छ । झट्ट हेर्दा वा सुन्दा यो भीआरको परिष्कृत संस्करण जस्तो लाग्छ । तर यो होइन, मेटाभर्सलाई एआर र भीआरको मिश्रणको रुपमा लिन भने सकिन्छ । एआर भनेको कृतिम सन्सार नै हो । भिआर भनेको वास्तविक संसारमा कम्पयुटरको माध्यमबाट केही बस्तु थप गरिन्छ ।

मेटाभर्समा अवतारलाई प्रमुख तत्वको रुपमा प्रयोग गरिएको छ ।

उदाहरणका लागी हामीले पहिला म्यासेज, फोटो र विस्तारै भिडियोको प्रयोगमा अभ्यस्त हुन थालेका छौं । अव नयाँ कन्सेप्ट भनेको मेटा नै हो हो ।

अहिले फेसबुक तथा सञ्जालमा फोटोले हाम्रो प्रतिनिधित्व गरेको जस्तै मेटाभर्समा तपाँईको जस्तो अनुहार तथा शारिरिक बनावट भएको अवतारले तपाँईको प्रतिनिधित्व गर्छ । जसले गर्दा तपाँई शारिरिक रुपमै कुनै काम गरिरहेको वा खेलिरहेको अनुभव लिन सक्नुहुने छ ।

जस्तो तपाँई शान्त वातावरणमा बसेर योगा गर्न चाहनुहुन्छ, तपाँईले आफ्नो मनपर्ने स्थान अनुसार ठाउँ रोजेर, आफुलाई जस्तो पोसक मन पर्छ त्यो लगाएर योगा गर्न सक्नुहुने छ । यसमा तपाँई कुनै कोठा वा भिडभाडमै बसेर पनि शान्त ठाउँमा बसेको अनुभव गर्न सक्नुहुने छ ।

किनकी तपाँईको अवतारले तपाँईले चाहेअनुसारको काम गरिरहेको हुन्छ । मेटाभर्सको सबैभन्दा मूख्य विशेषता भनेको कृतिम सन्सारमा आफ्नो उपस्थिती रहेको महशुस गराउने हो ।

यसमा व्यक्ति एउटा कोठामा बसेर विश्वको जुनसुकै स्थानमा पुगेको अनुभव गर्न सक्छ । यदी तपाँई मरुभुमिमा बसेर मेटाभर्स प्रयोग गर्नुभएको छ भने हिमाल चढेको अनुभव गर्न सक्नुहुने छ ।

ठूला लगानीकर्ता र प्राविधिक फर्महरुबीच मेटाभर्सको बारेमा ठूलो मात्रामा उत्साह छ । किनकी यसलाई इन्टरनेटको भविष्यको रुपमा व्याख्या गर्न पनि थालिएको छ ।
फेसबुकले मेटाभर्सलाई विशेष महत्व दिएर यसमा ठूलो रकम खर्च गरेको छ ।

फेसबुकले मेटाका लागी यो बर्ष मात्र १० विलियन डलर बराबरको लगानी गर्ने भएको छ । त्यसलाई विस्तारै लगानी थप गर्ने समेत बताएको छ ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here