रवि लामिछानेले लिए प्रतिस्पर्धीभन्दा साढे २५ हजार मत अन्तरले अग्रता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै रहेको छ ।

यहाँ अहिलेसम्म ६९ हजार ५ सय ९९ मत गणना हुँदा लामिछानेले ३९ हजार २ सय १६ मत ल्याएका छन्। आफ्ना प्रतिस्पर्धीभन्दा साढे २५ हजार मत अन्तरले अग्रता लिइरहेका छन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको १३ हजार ५ सय ३ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलको १२ हजार ७ सय ७२ छ।

लामिछानेको मत कांग्रेस र एमालेको संयुक्त मतभन्दा बढी छ। दुवैको मत जोड्दा २६ हजार २ सय ७५ हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here