‘च्याटजीपीटी’ निर्माता ‘ओपनएआई’ मा माइक्रोसफ्टले १० अर्ब डलर लगानी गर्ने

काठमाडौं । माइक्रोसफ्टले च्याटजीपीटी निर्माता ओपनएआईमा अबौं डलर लगानी गर्ने भएको छ । कम्पनीले करिव १० अर्ब डलर बढी लगानी गर्न साझेदारी भएको बताइएको छ ।

अत्याधुनिक एआई प्रविधिका माध्यमबाट भविष्यमा दुवै कम्पनीलाई फाइदा हुनेगरी माइक्रोसफ्टले साझेदारी गरेको बताइएको छ । ओपन एआइ लोकप्रिय पिक्चर जेनेरेसन टुल डालइ र च्याटवोटको निर्माता हो ।

ओपन एआईलाई माइक्रोसफ्टले यसअघि पनि आर्थिक सहायता प्रदान गर्दै आएको थियो । २०१९ मा माइक्रोसफ्टले एलोन मस्क र प्राविधिक लगानीकर्ता साम अल्टम्यानले स्थापना गरेको कम्पनीमा १ बिलियन डलर लगानी गरेको थियो ।

विन्डोज र एक्सबक्स निर्माताले १०००० रिडन्डन्सीहरू सम्मको योजना बनाएको छ, तर यसले अझै पनि मुख्य रणनीतिक क्षेत्रहरूमा भाडामा लिने बताएको छ।

जिम्मेवारीपूर्वक अत्याधुनिक एआई अनुसन्धानलाई अगाडि बढाउने र एआईलाई नयाँ प्रविधि प्लेटफर्मको रूपमा अगाडि बढाउने साझा महत्वाकांक्षाका आधारमा ओपनएआईसँग साझेदारी गरेको माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सीईओ सत्य नडेलाले एक ब्लग पोस्टमा भनेका छन् ।

विश्वका उत्कृष्ट तीन एआई ल्याबमध्ये ओपन एआई एक भएको एआई रिसर्चरले उल्लेख गरेको छ । यस कम्पनीले तयार पारेको गेम खेल्ने एआईले भिडिओ गेम डोटा टुमा मानिसहरूलाई पनि पछि ।

छोटो समयमै चर्चा कमाएको च्याटजिपीटीले गुगल सर्च इन्जिन फिचरलाई विस्थापित गर्ने अनुमान पनि गरिएको छ । यसैक्रममा गुगलले आफू पनि च्याटजीपीटीभन्दा उत्कृष्ट एआई च्याट प्रविधि निर्माण गर्न लागेको घोषणा गरिसकेको छ ।

ओपनएआईले विकास गरेको च्याटजीपीटीले थुप्रै काम क्षणभरमै सम्पन्न गर्न सक्छ । विशेषगरी निबन्ध, कविता, कथा र कोडिङ गर्नका लागि पनि उपयुक्त यो प्लेटफर्म धेरैको रोजाइमा परेको छ ।

पछिल्लो समय यसले कन्टेन्ट राइटरको जागिर खोसिरहेको पनि आरोप लागेको छ ।

मान्छेले सोधेका प्रश्नको सटिक र रोचक जवाफ दिने मात्रै नभएर दिइएका विषयमा कविता, निबन्ध र गीतहरू पनि लेखिदिने भएकाले यसका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् ।

के हो च्याटजीपीटी

च्याटजीपीटी ओपनएआई संस्थाको एक परियोजना हो । एआईसँग वार्तालापलाई सहज र प्राकृतिक अर्थात मानिस-मानिसबीचको कुराकानी जस्तै महसुस गराउने प्रयास हो ।

प्रयोगकर्ताहरूले एआई प्रश्नहरू तत्काल सन्देश जस्तै सुविधा, मोडेलको लागि सङ्कलन गरिएको ज्ञान जाँच गर्न सक्छन्। च्याटजीपीटीले वार्तालापको लय नक्कल गर्ने प्रयास गर्दै पूर्ण वाक्यमा प्रश्नहरूको जवाफ दिनेछ। तर यसको जवाफहरू सधैं सही, वा उपयुक्त हुँदैनन्।

च्याटजीपीटी सँग छुटै व्यक्तित्व छैन । तर यसले मानव प्रशिक्षणका साथ यसको सट्टा यसले धेरै स्रोतहरूबाट सङ्कलन गरिएको ज्ञानलाई संयोजन गर्न सक्छ ।

च्याटजीपीटीमा साइन अप गरेपछि प्रयोगकर्ताहरूले एआई प्रणालीलाई आफ्नो अवश्यकता अनुसारको प्रश्न सोध्न सक्छन् । जस्तै:- विनोद चौधरीको सम्पत्ती कति छ ? विश्वयुद्दका बारेमा जानकारी देउ । यसकोे विस्तृतमा जानकारी च्याटजीपीटीले दिन्छ ।

त्यसो त सामान्य कुरा जस्तै आजको तापक्रम, कुनै गणितीय विषयवस्तुको सिकाइका लगायतका गतिविधी सजिलै गरिदिन्छ ।

यदि तपाईं बाहिर जाने योजना बनाउनुहुन्छ, बाहिरको तापक्रम ४० डिग्री छ भने, तपाईंले हल्का ज्याकेट वा स्वेटर, लामो प्यान्ट, र बन्द खुट्टाको जुत्ता लगाउनु पर्छ भन्ने जवाफ आउछ ।

त्यस्तै यदि तपाइँ भित्र बस्ने योजना बनाउनुहुन्छ भने, तपाइँ टिसर्ट र जीन्स वा अन्य आरामदायक लुगा लगाउन सक्नुहुन्छ भन्ने सुझाव यसले दिन्छ ।

त्यस्तै तपाँईलाई इमेल लेख्न, तपाँईको घरमा कस्तो पेन्ट गर्ने, पेट दुख्दा के खाने नखाने बारे समेत बताउँछ ।

दैनिक जीवनलाई नै सहज बनाइदिने यो च्याटजीपीटीले अन्य एआई संचालित उपकरणहरू जस्तौ रचनात्मक उद्योगहरूलाई बाधा पु-याउन सक्ने वा पूर्वाग्रहहरू कायम राख्ने तथा गलत जानकारी फैलाउन सक्छ भन्ने सम्भावित चिन्ताहरू भने छ ।

अमेरिकाको सानफ्रान्सिस्कोमा इलन मस्कले स्थापना गरेको कम्पनी ओपन एआईले बनाएको च्याटजीपीटी नोभेम्बर ३० मा सार्वजनिक गरिएको थियो ।

यसमा प्रयोगकर्ताले कविता, गीत लेख्न मात्रै नभएर कतिपयले बम बनाउने तरिकादेखि चोर्ने काइदाबारे पनि सोध्ने र सिक्ने गरेको जानकारहरूको दाबी छ । यसले गुगलजस्ता सर्च इन्जिनलाई चुनौती दिनसक्ने कतिपयको अनुमान छ ।

यसमा भएका सबै कन्टेन्ट (लेख, तस्बीर, चित्र, भिडियो आदि) इन्टरनेटबाटै लिइएका हुनाले तिनको आधिकारिता र कपिराइटका विषयमा पनि विज्ञहरूले प्रश्न गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here