‘फाइभजी’ नेटवर्कबाट क्यान्सरको खतरा !

काठमाडाैं । इन्टरनेटको तिव्र विकास र विभिन्न प्रकारका अनलाइन गेमको कारण हाल प्रचलनमा रहेको फोरजी नेटवर्क कम स्पिडको भएको भन्दै फाइभजी नेटवर्कको विकास भैसकेको छ ।

विभिन्न देशहरुमा अहिले फाइभजीको परिक्षण भैरहेको समाचारहरु आइरहेका छन् । छिमेकी राष्ट्र भारतमा पनि सन् २०२० सम्ममा फाइभजी नेटवर्क अर्थात ‘पाँचौ पुस्ताको’ नेटवर्क सुरु गर्ने तयारी भईरहेको छ ।

नेपालमा भने हाल ‘फोरजी’ नेटवर्कको विस्तार कार्य भईरहेको छ । फाइभजी नेटवर्कले मोबाईल टेक्नोलोजी, स्पिड इन्टरनेट विस्तार, हाईस्पिड डाउनलोडिङ सेवाका साथै राम्रो कनेक्ट प्रदान गर्ने दाबी गरिँदै आएको छ ।

तर, यस नेटवर्कबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक रेडियसन र त्यसले मानव शरीरमा पार्ने असरको बारेमा वैज्ञानिकहरुले भने फरक धारणा राख्दै आएका छन् ।

फोनको सिग्नल किन खतरनाक मानिन्छ ?

तपाईंले प्राय धेरै पटक सुन्नु भएकै होला मोबाईलको टावरबाट ‘रेडियसन’ फैलन्छ । तर तपाईंलाई आखिर रेडियसन के हो भनेर थाहा नहुन सक्छ ।

यसले के असर गर्छ ?

रेडियसन कुनैपनि स्रोतबाट निस्कने शक्ति हो । हाम्रो शरीरबाट पनि एक प्रकारको गर्मी उत्पन्न हुन्छ त्यो पनि एक प्रकारको रेडियसन नै हो ।

तर, कुनै रेडियसन हाम्रो शरीरको लागि खतरनाक हुने गर्छ । जसको कारण क्यान्सरको समेत खतरा हुने गर्छ ।

थ्रीजी तथा फोरजी मोवाइलबाट जुन प्रकारको रेडिएसन निस्कन्छ त्यसमा फ्रिक्वयन्सी कम हुन्छ र वेभलेन्थ धेरै हुन्छ । यी रेडियसनको त्यति धेरै शक्ति हँदैन् जसले मानव डिएनएलाई असर पुर्याउन सकोस् ।

तर फाइभजीले भने हाम्रो शरीरमा सिधा असर गर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने व्याख्या विश्लेषण गर्ने गरेका छन् ।

जो मानिस फाइभजी नेटवर्कको लगातार सम्पर्कमा रहन्छ उसको शरीरमा अक्सिडेटीभ स्ट्रेस बढ्छ जसको कारण शरीरको भित्री भागहरुमा दुखाई बढ्दै जाने र यसको कारण क्यान्सर डायविटिज तथा नसा सम्बन्धी रोगहरु बढ्ने खतरा धेरै हुने गर्छ ।

के भन्छ विश्व स्वास्थ्य संगठन ?

विश्व स्वास्थ्य संगठन भन्छ ‘अहिलेसम्म रेडियो फ्रिक्वेन्सीको कारण कुनै पनि मानिसमा स्वास्थ्य सम्बन्धी समस्या आएको कुरा आएको छैन् । तर, वैज्ञानिकहरु यस विषयमा लगातार अध्ययन गरिरहेका छन् ।’

समग्रमा भन्नुपर्दा पर्याप्त मात्रामा अध्ययनको कमीको कारण फाइभजीको कारण मानव स्वास्थ्मा कस्तो असर गर्छ ।

तर, वैज्ञानिकहरुले हरेक पटक सकेसम्म रेडियसनको सम्पर्कबाट टाढा बस्नु मानव स्वास्थ्यको लागि फाइदाजनक हुने बताउँदै आएका छन् ।

यसका लागि राती सुत्ने समयमा मोवाइल अफ गर्नुका साथै आवश्यक नभएको अवस्थामा मोवाइलको डाटा अफ गर्न पनि वैज्ञानिकहरुले सुझाव दिने गरेका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here