Tag: कोरोनाभाइरस

विदेशमै अडकिए ९४ शव, ज्यान गुमाउने नेपालीको संख्या २०६ पुग्यो

नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।

२० परिवारलाई आइडियल यमुना सहकारीको राहत

सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ ।

कोरोनाभाइरसमा प्रभावकारी औषधी भेटियो

विगत ६ महिनादेखि अनेक अडकलबाजी तथा हल्ला पछि वेलायतका वैज्ञानिकहरुले कोरोनाभाइरसमा प्रभावकारी औषधी फेला पारेका छन् ।

कोरोना प्रभावपछिको वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि तयार छौँ:...

वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन्।

गोजीमा पैसा छैन सरकार, कसरी आउनु घर ?

यहाँ रहेका अधिकांश नेपालीहरुको अवस्था अनुमान गर्न पनि नसकिने खालको छ । कोरोनाले गर्दा रोजगारी गुमेकोले आर्थिक अवस्था निकै दयनीय बनेको धेरैको भनाइ छ । कतिपयलाई त एक गास खान आफ्ना साथीहरुको अगाडी हात फैलाउनुपर्ने अवस्था आएको छ ।

विदेशमा रहेका नेपालीको उद्दारमा सहयोग गर्न संयुक्त राष्ट्र संघ इच्छुक

बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन ।

निजी अस्पतालले आरडीटी खरीद मूल्यको २० प्रतिशत बढीसम्म परीक्षण शुल्क लिन...

कोरोनाभाइरसको आरडीटी (द्रुत पहिचान परीक्षण) गर्ने निजी अस्पतालले सामग्री खरीदको २० प्रतिशत सम्म बढाएर शुल्क लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

लकडाउनपछि १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न आयात

चैत ११ गतेदेखि जेठ २ गतेसम्ममा १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न, र ४४ हजार ७ सय मेट्रिक टन दलहन आयात भएको छ। यही अवधिमा ६५ हजार ६६२ मेट्रिक टन तरकारी, २४ हजार ७३२ मेट्रिक टन फलफूल र ११ हजार १५१ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ।

सिंगापुरमा रोबोट कुकुरले मानिसलाई सिकाउँदैछ सामाजिक दूरी

सिंगापुर । सिंगापुरले मानिसहरुलाई सामाजिक दूरी कायम गर्न सिकाउनका लागि रोबोट कुकुरको प्रयोग गरिरहेको छ । सामाजिक दूरी कायम गर्नका लागि आदेश जारी गर्नुको...

लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा

औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ ।