Tag: मेलम्ची

आजबाट ६ महिनासम्म काठमाडौंका धारामा मेलम्चीको पानी

हिउँदयामको सुख्खामा काठमाडौं बासीलाई राहत पुग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजबाट पानी वितरण गर्दैछ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्न लागेको हो । अब ६ महिनासम्म निरन्तर पानी वितरणको योजना छ ।

आगामी साताबाट काठमाडौंका धारामा आउनेछ मेलम्चीको पानी

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने छ।