सोही कार्यक्रममा आफ्ना विचार राख्दै एएचफका प्रोग्राम एण्ड मार्केटिङ को अर्डिनेटर राधेश्याम श्रेष्ठले विगतका महामारीहरुमा भ्याक्सीन र कतिपय उपचारात्मक तथा निरोधात्मक स्वास्थ्य सेवा र उपकरणको वितरण समतामुलक नभएको र त्यसले कायौ मुलुकहरुले उच्च क्षति बेहोर्नु परेको भन्दै त्यस्ता घटना पुन नदोहोरीयोस् भन्ने उद्धेश्यका साथ अभियान सञ्चालन गरिएको प्रष्ट पारे ।
एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले गरिब मुलुकमा महामारी कोषको रकम बढाउन माग गर्दै विश्वभर अभियान थालेको छ । विश्वव्यापी जनस्वास्थ्यका क्षेत्रमा भएका प्रणालीगत असमानताहरुलाई सम्बोधन गर्न माग गर्दै उक्त अभियान थालेको हो ।