नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार
ट्याक्टरकाे गतिमा चलेकाे टिप्पणी गरेका छन्। काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कीर्तिपुरको डाँडामा मात्र नभए देशका थुप्रै डाँडाबाट दुई/चार लाख रुपैयाँ कमाउने स्थिति हामीले बनाउनसक्ने बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाका विषयमा भइरहेको विवादप्रति असन्तुष्टि जनाएका छन्। शनिबार कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ को सम्मेलनमा यस्ताे असन्तुष्टि व्यक्त गरेका हुन्। थापाले कुलमान घिसिङकाे प्रसङ्ग जाेड्दै एउटा व्यक्तिका विषयमा सरकार नै वाद विवादमा उत्रिएको बताए ।