बैंक/ बिमा

सेञ्चुरी बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्ट र काठमाडौंको त्रिसारा विशेष छुट

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

एक सातामा वाणिज्य बैंकहरूमा थपियो २६ अर्ब १४ करोड निक्षेप, सीडी रेसियो ८७.२१ प्रतिशत

दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ । असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा सुधार आएको हो।

एक स्थानीय तह अझै वाणिज्य बैंक विहीन,२४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौं मसान्तसम्ममा देशका एक स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । २०७८ भदौसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पून भट्टराई

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई पून नियुक्त गरेको हो ।

प्रभु र सेञ्चुरी कमर्सियल बैंकले पाए मर्जरको अन्तिम स्वीकृति, २९ गतेदेखि एकीकृत कारोबार

राष्ट्र बैंकको स्वीकृतिसँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको छ ।  दुवै बैंकले पुस २९ गतेदेखि एकीकृत कारोबार कारोबार शुरु गर्ने तयारी थालेका छन् । 

६ वटा विकास बैंक र ४ फाइनान्स राष्ट्र बैंकको कारवाहीमा, तिर्न लगायो हर्जाना

कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको हो।

साँवा, ब्याज र हर्जानासहित ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई ३५ दिने ‘अल्टिमेटम’

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साँवा, ब्याज र हर्जानासहित ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई ३५ दिनको समय दिएको छ । सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् ।

ग्लोबल आईएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आईएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।

सिटिजन्स बैंकका ग्राहकले गुरु ट्राभल्सबाट अन्तर्राष्ट्रिय भ्रमण प्याकेज लिँदा १० हजारसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १६ लाख ५० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

८ महिनामा धेरै नाफा कमाउनेमा नबिल, पच्छ्याउँदै ग्लोबल आइएमई बैंक

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।