मस्कविरुद्ध अदालत जाने धम्कीपछि अन्तत: पूर्वकर्मचारीले पाए तलब

काठमाडौं । पहिले ट्वीटरको नामले चिनिने एक्सले जागिरबाट निकालिएका आफ्ना पूर्व कर्मचारीलाई तलब दिएको छ । एक्सको अफ्रिकी मुख्यालयमा बर्खास्त गरिएका कर्मचारीलाई जागिरबाट निकालिएको एक वर्षभन्दा बढी समयपछि अन्ततः तलब दिएको हो ।

सन् २०२२ को नोभेम्बरमा सोसल मिडिया प्लेटफर्म एक्सले उनीहरूलाई बर्खास्त गरेको थियो । त्यतिबेला उनीहरुले आफ्ना पुरा तलब पाएका थिएनन् । उनीहरूले एक्सलाई अदालतमा लैजाने धम्की दिएका थिए।

कम्पनीले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।एक्सले यसअघि पनि पूर्वकर्मचारीलाई पूरै तलब दिएको बताएको थियो । सन् २०२२ मा कम्पनीको कार्यभार सम्हालेका एलन मस्कले ६,००० भन्दा बढी कर्मचारीलाई बर्खास्त गर्दै विश्वव्यापी रूपमा ठूलो संख्यामा कर्मचारीहरूलाई बर्खास्त गरेका थिए। उनले दैनिक ४० लाख अमेरिकी डलरभन्दा बढी घाटा बेहोर्नु परेको बताएका थिए ।

२० भन्दा कम संख्यामा रहेका अफ्रिकी टोली कोभिड–१९ महामारीको समयमा करिब आठ महिना घरबाट काम गरेपछि अक्रास्थित एक्सको नयाँ कार्यालयमा मात्र सरेको थियो ।

एजेन्सी सेभेन सेभेन, जसले कर्मचारीहरूलाई कानुनी प्रतिनिधित्व प्रदान गर्दछ, उसले विदेशी कर्मचारीहरूको लागि रिडन्डन्सी सेटलमेन्ट र प्रत्यावर्तन खर्च प्राप्त गर्ने आफ्नो प्रयासमा सफल भएको बताएको छ । यद्यपी उनीहरुले कति पैसा प्राप्त गरेका छन् भन्ने बारे खुलाइएको छैन् । उनीहरू अन्ततः आफ्नो हक प्राप्त गर्न सक्षम भएकोमा धेरै खुसी भएको एजेन्सी सेभेन सेभेनका कार्ला ओलिम्पियोले बताएका छन् ।

बीबीसीका अनुसार गत वर्ष बर्खास्त गरिएका कर्मचारीले एक्सले गरेको व्यवहारले उनीहरूको मानसिक स्वास्थ्य र आर्थिक अवस्थालाई क्षति पुर्याएको बताएका थिए।

पूर्व कर्मचारीहरुले सुरुमा आफ्नो करार रद्द भए पनि थप एक महिना काम गरेबापत तलब दिने बताएका थिए। तर उनीहरूलाई तुरुन्तै उनीहरूको इमेलबाट लक आउट गरियो र थप तलब भुक्तानी गरिएन।

त्यसयता ती कर्मचारीले क्षतिपूर्तिका लागि आफूहरुबीच निराशाजनक लडाइँ भइरहेको बताएका छन् । तीमध्ये केही नाइजेरियाजस्ता छिमेकी मुलुकबाट बसाइँ सरेका थिए । उनीहरूको करार रद्द हुँदा आफ्ना परिवारसहित घानामा अलपत्र परेका थिए।

गत अप्रिलमा एक अन्तर्वार्तामा मस्कले बीबीसीलाई भनेका थिए कि सोसल मिडिया जायन्टमा १,५०० कर्मचारी हरू थिए, जुन उनले कम्पनी खरीद गर्दा ८,० भन्दा कम कर्मचारीहरू कार्यरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here