नाटा र युएसएआईडीबीच रणनीतिक साझेदारी, नेपालको पर्यटन उद्योगलाई थप सशक्त बनाइने

काठमाडौं । नेपालका टुर एण्ड ट्राभल व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले युएसएआईडी ट्रेड एण्ड कम्पिटेटिभनेस कार्यक्रमसँग नयाँ रणनीतिक साझेदारीको घोषणा गरेको छ । यो साझेदारीले नेपालको पर्यटन उद्योगलाई थप सशक्त बनाउन र टुर तथा ट्राभल व्यवसायीहरूको प्रतिष्पर्धात्मकता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

विशेष गरी कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा पुनरुत्थान र दीगो विकासको सुनिश्चितताका लागि यो साझेदारी एक महत्वपूर्ण कदम हो । यस साझेदारी अन्तर्गत, नाट्टा र युएसएआईडीले डिजिटल मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन , र व्यवसायिक रणनीतिहरूमा तालिम दिने क्षमता वृद्धिका पहलहरूमा ध्यान केन्द्रित गर्नेछ । यी प्रयासहरूले नेपाली टुर व्यवसायीहरूको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न मद्दत पु ¥याउने विश्वास लिईएको छ, जसले नेपाललाई सांस्कृतिक, साहसिक लगायतका पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग हुने अपेक्षा समेत गरिएको छ ।

त्यस्तै यस अन्तर्गत क्षमता वृद्धिका कार्यक्रमहरु बाहेक, नीति सुधार र पहलका साथै आवश्यक अनुसन्धानका कार्यक्रमहरु प्नि सञ्चालन हुनेछन्। नाट्टाका अध्यक्ष कुमार मणि थपलियाले यो साझेदारीको महत्वलाई जोड दिँदै भने, ‘युएसएआइडीसँगको हाम्रो सहकार्य मार्फत, हामी केवल टुर व्यवसायीहरूको मार्केटिङ र व्यवसायिक सीपलाई मात्र सुधार गर्दै छैनौं, पर्यटन उद्योगको भविष्यलाई आकार दिन नीति सुधारको वकालत गर्दै अनुसन्धान पनि गर्नेछौं । यो साझेदारीले नेपालको दीर्घकालीन पर्यटन विकासमा महत्वपूर्ण योगदान पु ¥याउनुका साथै नयाँ मार्गचित्र प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

साझेदारी सेप्टेम्बर २०२४ देखि सेप्टेम्बर २०२६ सम्म सञ्चालन हुनेछ, र दुवै पक्षले दीर्घकालीन रोजगारी सिर्जना, बिक्री वृद्धिको प्रवद्र्धन, र नेपालको पर्यटन क्षेत्रमा आर्थिक वृद्धि सुनिश्चित गर्न पहलहरू अघि बढाउने प्रतिबद्धता गरेका छन्। ईस्वी १९६६ मा स्थापना भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालभरका ११०० भन्दा बढी टुर एजेन्सीहरू र टुर अपरेटरहरूलाई प्रतिनिधित्व सहित दीगो पर्यटन विकासलाई प्रवद्र्धन, नीतिगत संरचना तथा अनुसन्धान गर्ने लगायत नैतिक व्यवसायिक अभ्यासहरूको वकालत गर्दै आईरहेको छ भने युएसएआईडी ट्रेड एण्ड कम्पिटेटिभनेस एक आवधिक कार्यक्रम हो, जसको उद्देश्य नेपालको निजी क्षेत्रको प्रतिष्पर्धात्मकतालाई वृद्धि गर्ने, बजार आधारित वित्तीय तथा गैरवित्तीय सेवाहरूमा पहुँच सुधार गर्ने, प्रमुख क्षेत्रहरूमा उत्पादकत्व वृद्धि गर्ने, व्यवसायिक वातावरणलाई सुदृढ गर्ने, र निजी क्षेत्रको नेतृत्वको आर्थिक पुनरुत्थानलाई समर्थन गर्ने रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here