कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार युवाले पाए सहुलियत दरको कृषि ऋण

क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको ऋण हो । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा कृषि कर्जा करिब ३३ प्रतिशतले बढेको हो । गत असार यता मात्र कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले थप ४४ अर्ब ३४ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले गत पुससम्म कृषि क्षेत्रमा मात्र १ खर्ब ८० अर्ब रुपैयाँ कृषि ऋण लगानी गरेका छन् । यो बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋण करिब साढे ६ प्रतिशत मात्र हो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल २७ खर्ब ३७ अर्ब रुपैयाँ छ ।

हाल बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने निर्देशन छ । यही निर्देशनका कारण पछिल्ला महिनामा कृषि कर्जाको विस्तार राम्रो भएको बताइएको छ । यस्तै, गत पुससम्म वाणिज्य बैंकहरूले कुल लगानीको तुलनामा कृषिमा ९.९३ प्रतिशत, ऊर्जामा ४.२१ र पर्यटनमा ४.४० प्रतिशत गरी कुल १८.५४ प्रतिशत कर्जा प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गरेका छन् ।

०७५ असारसम्म वाणिज्य बैंकले कुल ऋणको न्यूनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्र (कृषि, जलविद्युत, पर्यटन र अन्य) मा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअन्तर्गत कृषिमा न्यूनतम १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी ५ प्रतिशत अन्य प्राथमिकताप्राप्त क्षेत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्छ ।

 

यसैगरी, गत पुससम्म प्रवाह भएको कृषि ऋणमध्ये पशुपालनमा सबैभन्दा बढी ५७ अर्ब २७ करोड रुपैयाँ लगानी भएको छ । गत वर्षको ६ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा यस्तो ऋण करिब साढे २० प्रतिशतले बढेको हो । त्यसपछि धेरै कर्जा फार्मिङ (खेतीपाती) मा गएको देखिन्छ । पुससम्म पशुपालनमा २० अर्ब ४६ करोड रुपैयाँ लगानी भएको छ ।

गएको छ महिनामा कृषिमा प्रवाह भएको कर्जामध्ये यो क्षेत्रको कर्जा वृद्धिदर सबैभन्दा धेरै २९.७ प्रतिशत छ । उक्त अवधिमा वन तथा मत्स्यपालन कर्जा १७ प्रतिशतले बढेको छ भने अन्य कर्जा करिब ४४ फ्रतिशतले बढेको देखिन्छ ।
हाल सरकारले ५ प्रतिशत ब्याजदरमा सहुलियत दिएर व्यवसायीक कृषि कर्जाको व्यवस्था गरेको छ । यो व्यवस्था अन्तरगत गत पुससम्म बैंक तथा वित्तीय संस्थाले १८ अर्ब ६१ करोड रुपैयाँ कृषि कर्जा प्रवाह गरेका छन् । हालसम्म करिब ११ हजार जनाले यस्तो कर्जा उपयोग गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here