ट्राफिकको हात र सिठ्ठीको विकल्प,अन्डरपास-फ्लाईओभर

काठमाडौं, २६ कात्तिक । राजधानीवासी दैनिक यात्रामा सवारी जामको चपेटामा परेर दिक्क भइसकेका छन् ।

कार्यालय समयमा १५ मिनेटमा पुगिने दूरी पार गर्न जामका कारण डेढ घण्टासम्म लाग्ने गर्छ ।

बढ्दो सहरीकरणसँगै उपत्यकामा नीतिगत ढंगले विकासका योजना निर्माण गर्न नसकेकाले ट्राफिक जामको समस्या बढेको विज्ञहरुले बताएका छन् ।

सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्ने र निजी सवारीसाधन प्रयोगमा नियन्त्रण गर्नसके केही हदसम्म सवारी जाम नियन्त्रण गर्न सकिनेछ ।

महानगरिय ट्राफिक महाशाखा, रामशाहपथका प्रवक्ता तथा प्रहरी उपरिक्षक रवि कुमार पौडेलले काठमाडौंको केही स्थानमा अन्डरपास र फ्लाईओभर बनाए जामको समस्या समाधान हुने बताए ।

प्रवक्ता पौडेलका भने-काठमाडौंका केही स्थानहरुमा अन्डरपास र फ्लाईओभर बनाएमा अबको २० वर्षसम्म पनि जामको समस्या हुँदैन् ।

ट्राफिक व्यवस्थापनको लागि राजधानीमा हालको सबैभन्दा राम्रो उपाय भनेको अन्डरपास र फ्लाई ओभर नै हो क्लाउड पत्रिकालाई भने, तपाईं आफै बिचार गर्नुस् कलंकीमा अन्डरपास बनेसंगै ट्राफिक व्यवस्थापन कति सहज बनेको छ ।’

बानेश्वर, महाराजगञ्ज, त्रिपुरेश्वर जस्ता स्थानहरुमा अन्डरपासका साथै माइतीघर र थापथलीजस्ता स्थानमा फ्लाईओभर सकेमा ट्राफिक जामको समस्या ७० प्रतिशतसम्म कम पौडेलको दाबी छ ।

अन्डरपास सहितका आधुनिक फ्लाईओभर ब्रिज

राजधानी काठमाडौँलाई व्यवस्थित बनाउन सरकारले पनि विभिन्न ठाउँमा अन्डरपास सहितका आधुनिक फ्लाईओभर ब्रिज बनाउने तयारी थालेको छ ।

जसमा राजधानीका कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, गौशाला र चाबहिलमा पहिलो चरणमा अन्डरपाससहितका आधुनिक फ्लाईओभरको प्रथामिकतामा रहेका छन् । योजनाले मूर्तरूप लिए राजधानीले आगामी २५ वर्षसम्म जाम झेल्नुपर्ने छैन ।

त्यसअघि कोटेश्वरको ट्राफिक समस्या समाधान गर्नका लागि नयाँ लेन प्रयोग गर्ने, ललितपुर तिरका गाडीहरु डाइभर्ट गर्ने योजनामा सरकार रहेको छ । भिजिट नेपाल २०२० आउँदै छ । त्यो महाकुम्भ आरम्भ हुनुअघि नै काठमाडौँ पनि पूर्णरूपमा व्यवस्थित गर्ने सरकारको योजना रहेको छ ।

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाएका छन् । यो नै उपत्यकाका पहिलो अन्डरपास हो ।

ट्राफिक व्यवस्थापन ट्राफिकको हातको इशारा र सिठ्ठीको भरमा

नेपालको महानगरपालिका लगायत देश भरकै विकसित नगरका ट्राफिक व्यवस्थापन अहिले ट्राफिकको हातको इशारा र सिठ्ठीको भरमा भइरहेको छ । ट्राफिक लाइट भएको ठाँउमा सहज हुनेभएपनि नभएको ठाउँका ट्राफिकलाई भने सवारी साधनको व्यवस्थापन गर्न धौ धौ पर्ने गरेको छ ।

सावारी जाम कम गर्न र पैदल यात्रुलाई सडकपार गर्नको लागि सहज बनाउन ट्राफिक प्रहरी कार्यालय महाशाखाले उपत्यकामा मात्रै १ सय ५६ वटा ट्राफिक लाईटहरु राख्ने योजना अघि सारेको छ ।

पैदलयात्रु मैत्री बन्दै उपत्यकाका सडक,३६ स्थानमा ट्राफिक लाईट

न्यूरोडको स्मार्ट पार्किङ–भद्रगोल व्यवस्थापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here