तीन वर्षसम्म पनि बैंक खाता निष्क्रिय नहुने

काठमाडौं ८, चैत । छ महिनासम्म कुनै कराोबार नभएमा बैंक खाता निष्कृय (डोरम्याण्ट) हुने समस्या अब रहेन । साधारण बचतकर्ताले तीन वर्ष सम्म कुनै कारोबार नगरे पनि बैंक तथा वित्तीय संस्थाले खाता रोक्का राख्न पाउने छैनन । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

यसअघि कति समयसम्म कारोबार नभए खाता निष्कृय राख्ने भन्ने सम्बन्धमा कुनै नीगित व्यवस्था थिएन । यसकारण बैंकले आन्तरिक पोलिसी अनुसार ६ देखि एक वर्षसम्म कारोबार नभएका खाता निष्कृय बनाउने गरेका थिए ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा खोलिएका बचत खाता तीन वर्ष सम्म पनि सक्रिय नै हुनेछन् ।

कल र चल्ति खाता भने ६ महिनामै निष्कृय बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । निष्कृय खाता सक्रिय बनाउँदा ग्राहकको पूर्ण विवरण (केवाईसी) बाहेक थप कागजात लिन नपाइने पनि निर्देशनमा उल्लेख छ ।

कृषि, उर्जा र पर्यटनमा तोकिएकोभन्दा कम ऋण प्रवाह गरे बैंकले कारवाही भोग्नुपर्ने भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत ल्याइएको उक्त व्यवस्था पालना नगर्ने बैंकलाई कारवाही स्वरुप हर्जाना लगाउने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

हाल वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्र (कृषि, उर्जा र पर्यटन) मा कुल कर्जाको न्यूनतम २५ प्रतिशत ऋण लगानी गर्नुपर्छ । त्यसमध्ये कृषिमा १०, उर्जा र पर्यटनमा गरी १५ प्रतिशत लगानी हुनेपर्ने व्यवस्था छ । यसअघि पनि प्राथमिकता प्राप्त क्षेत्रमा न्यूनतम १०, जलविद्युतमा ५, पर्यटनमा ५ र बाँकी ५ प्रतिशत अन्य प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाले सरकारको ब्याज अनुदान कार्यक्रम अन्तरगत प्रवाह गरेको ऋणलाई पनि विपन्न वर्गमा गणना गर्न पाउने पनि राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here