काठमाडौं, ३ मंसिर । नेपालीहरुको लागि वैदेशिक रोजगार अनिवार्य जस्तै बनेको छ । देश भित्रको तरल शक्ति मानिएको युवावर्ग दिनानुदिन आफ्नो सीप, क्षमता र शक्ति बेच्न विदेशी रहेका छन् ।
हामी कोहि वैदेशिका रोजगारीको लागि, कोही उच्च शिक्षा अध्ययन तथा कोही विदेशमा रहेका आफ्न्त भेटघाट र कोही घुम्म विदेश जाने गरेका छौ ।
नेपालको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति पाउनका लागि तोकिएको कागजात देखाउन नसके तपाईँले यात्रा अनुमति पाउन सक्नुहुन्न ।
वैदेशिक यात्रा अनुमतिका लागि गृहमन्त्रालयले हालै केही नियम अद्यावधिक गरेको छ । अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो । यात्रा अनुमति दिनका लागि गृहमन्त्रालयले समयसापेक्ष नियम अद्यावधिक गरेको जनाएको छ ।
तर भारतको हकमा भने पासपोर्ट वा नागरिकता र बोर्डिङ पासमात्रै देखाए पुग्छ । केही कागजात पूरा नभए अध्यागमनले उसलाई विदेश जान अनुमति दिँदैन ।
जसअनुसार विदेश जाने यात्रुका लागि अध्यागमनमा तोकिएका कागजात पूरा भए मात्र उसले यात्राका लागि अनुमति पाउँछ ।
ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरुका लागि हातेपुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकहरुलाई विभिन्न मुलुक प्रस्थान अनुमति दिने गरी आवश्यक व्यवस्था हुँदै आएकोमा सो कानूनी व्यवस्था,व्याख्या र आधारलाई थप वस्तुनिष्ठ बनाउने गरी नियम अद्यावधिक गरिएको विभागको भनाइ छ ।
यस्तै चीन तथा थाइल्याण्ड, खाडी राष्ट्र, अफ्रिकाबाहेकको अनअराइभल टिकट पाइने मुलुकलगायतका देशहरुमा पनि पर्यटक भिसामा जानेहरुका लागि सोही व्यहोराको कागजात देखाउनुपर्छ ।
विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनुपर्छ ।
यसैगरी तालिम तथा कार्यक्रममा विदेश जानेहको हकमा पासपोर्ट भिसा, गन्तब्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचयपत्र देखाउनु पर्नेछ ।
पर्यटकीय प्रकृतिका भिसामा विदेश जानका लागि गृह मन्त्रालयले विभिन्न कागजात अध्यागमन अधिकारीलाई देखाउनु पर्ने व्यवस्था गरेको छ । जसअनुसार अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्नेछ । यस्तै गन्तब्य मुलुकको ब्ल्याक लिस्टको सूचीमा यात्रारत व्यक्ति छ या छैन पनि हेरिनेछ ।
यस्तै कामदार भिसामा जानेहरुको हकमा भने श्रम स्वीकृतिको म्याद कम्तिमा ९० दिन भएको हुनुपर्नेछ तर युरोपियन देशहरुको भिसा भएकाहरुको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।
सानोतिनो काम गर्नपनि जनशक्ति पाउन गाह्रो
बजारमा मान्छे खोजेर पाउन मुश्किल छ । एउटा पलम्बर,डकर्मी तथा सिकर्मी, विद्युतको काम गर्ने जनशक्ति खोज्दा सितिमिती पाईंदैन । कसैको सम्पर्कमार्फत काम गर्नुपर्ने बाध्यता छ । २०६८ को जनगणना अनुसार १४ देखि ४० बर्ष उमेर समुहको व्यक्तिलाई युवा मानिन्छ ।
नेपालको जनसंख्याको ४०.३३ प्रतिशत जनसंख्या युवाको छ । ती मध्य १४ प्रतिशत युवा अध्ययन र रोजगारीको लागि देशबाट बाहिरिएका छन् । घर तथा खेतबारी बन्धकी राखेर भएपनि भविष्यको सूनौलो सपना देखेर उनीहरु विदेशी भूमिमा जस्तोसुकै दुख गर्न पनि तम्तयार भई दिनानुदिन बाहिरीईरहेका छन् ।
यो कुरा राज्यले बुझेर सोही बमोजिम रोजगारका विविध अवसरको ढोका खुल्ला गर्नुपर्ने हो । तर खोई त ? सरकारले आफ्नो भाषणमा यी कुरा उठाईरहेको हुन्छ ।
नेताले चुनावको बेलामा प्रचार प्रसार गर्दा यो बिषयलाई प्राथमिकतामा राखेकै हुन्छन् तर अरु बेला भने उनीहरु कानमा तेल हालेर बसिरहेका हुन्छन् ।