काठमाडौंमा धेरै महँगी: तरकारी, फलफूल, मासुको मूल्य वृद्धि उच्च

काठमाडौं, २ पुस । नेपालको मूल्य वृद्धि नियन्त्रण बाहिर देखिएको छ। देशको आर्थिकस्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप देखिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनामा ५.७६ प्रतिशतले मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ४.१५ प्रतिशत रहेको थियो ।

यस महिनामा सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थमा मूल्यवृद्धि भएको छ । खाद्य तथा पेय पदार्थ समूहको मुल्यवृद्धि ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको र्मल्यवृद्धि ४.०७ प्रतिशत रहेको छ ।

कात्तिकमा खाद्य तथा पेय पदार्थ अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ ।

सबैभन्दा धेरै काठमाडौंमा

तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मूल्यवृद्धि भएको छ । काठमाडौं उपत्यकामा मात्रै ६.५० प्रतिशत मूल्यवृद्धि भएका छ ।

त्यस्तै, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्यवृद्धि भएको छ ।

२०७५ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

असोजसम्ममा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको तथ्याङमा उल्लेख छ।

वृहत आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५.२० प्रतिशत, १.२१ प्रतिशत र २.२१ प्रतिशत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here