के-के हुन् विद्युतीय भुक्तानी गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था ?

काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ जारी गरेको छ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागबाट २०७६ मंसिर मसान्तसम्म जारी भएका सम्पूर्ण परिपत्ररनिर्देशन समेतलाई समावेश गरी निर्देशन जारी गरेको हो।

निर्देशिकामा विद्युतीय माध्यमबाट गरिने कारोवार सीमा,भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायक सम्बन्धी व्यवस्था, मोबाइल तथा इन्टरनेट बैंकिबको माध्यमबाट गरिने भुक्तानी कारोबार लगायतको नियममा केहि हेरफेर भएको छ ।

नयाँ नियम अनुसार एटीएममा सुरक्षा गार्ड राख्नु पर्ने वाध्यता हटाउँदै सीसीटीभीबाट निगरानी बढाइने तयारी राष्ट्रबैकले थालेको छ । एटीएमबाट पैसा निकाल्ने सीमापनि बढाएको छ ।

मोबाइल बैंकिङबाट दैनिक ५० हजार भुक्तानी, इन्टरनेट बैंकिङबाट १० लाख ट्रान्सफर गर्न सकिने

मोबाइल बैंकिङ सेवा लिइरहेका सेवाग्राहीहरुले अब एक दिनमा ५० हजार रुपैयाँ र प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार इन्टरनेट बैंकिङ (मर्चेन्ट बैंकिङ) मा प्रतिदिन १० लाख प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) मा प्रति दिन १० लाख र महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

एटीएमबाट दैनिक १ लाखसम्म निकाल्न पाइने

एटीएम मेसिनबाट दैनिक एक लाख रुपैयाँ सम्म निकाल्न पाइने छ । यसअघि दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न पाइने व्यवस्था थियो । अब एक पटकमा २५ हजार रुपैयाँ र दैनिक एक लाख रुपैयाँ निकाल्न पाइनेछ । यसअघि एक पटकमा २० हजार मात्रै निकाल्न पाइने व्यवस्था थियो ।

विद्युतीय भुक्तानी गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था

राष्ट्रबैकले अनुमति पत्रप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था सम्बन्धमा देहाय बमोजिमका नीतिगत एवम् प्रक्रियागत व्यवस्था कायम गरिएकोले सोही बमोजिम गर्नु गराउनु हुन भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ४५ ले
दिएको अधिकार प्रयोग गरी देहाय बमाजिमको निर्देशन जारी गरेको छ ।

-भुक्तानी कारोबारको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी नीतिगत एवम् प्रक्रियागत व्यवस्था पूरा गरी यस बैंकलाई जानकारी गराउनुपर्नेछ । सूचनासम्बन्धी सुरक्षा र जोखिम व्यवस्थापन सम्बन्धमा कम्तीमा देहायका विषयहरु समावेश भएको हुनुपर्नेछ ।

-सूचनाको भौतिक तथा भ्ल Environmental सुरक्षा सम्बन्धमा
-हार्डवेयर तथा नेटवर्क सुरक्षा सम्बन्धमा,
-कम्प्युटर भाइरस तथा अन्य Malware हरुबाट सुरक्षा सम्बन्धमा,
-सूचनाको वर्गीकरण तथा पहुँच सम्बन्धमा
-ग्राहकको सिस्टम पहुँचको Authentication सम्बन्धमा
– Audit Trail प्रणालीमा भएका पहुँच सम्बन्धमा,
-ग्राहकको सूचनाको गोपनीयता तथा गुनासोको व्यवस्थापन
सम्बन्धमा,
-संस्थाले गरेको Outsourcing बाट हुने जोखिम व्यवस्थापन सम्बन्धमा,
– साइवर सुरक्षाका सम्बन्धमा
-सूचनाको सुरक्षा सम्बन्धी ग्राहक तथा अन्य सरोकारवालाहरुलाई प्रदान गर्ने सचेतना
कार्यक्रम सम्बन्धमा
– संस्थाभित्र हुने IT Operation को सम्बन्धमा

अन्य थप सुरक्षा व्यवस्थाको लागि राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको पूर्णपाठ हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here