कोरोना भाइरसः १७० भन्दा धेरैको मृत्यु, सावधानी नै संक्रमणबाट बच्ने सबैभन्दा उत्तम बिकल्प

काठमाडौं । अहिले मुख्य रुपमा चीन सहिल विश्वका धेरै देशहरु कोरोना भाइरसको संक्रमणको त्रासमा छन् ।

हालसम्म कोरोना भाइरसको कारण १७० भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने हजारौं मानिसहरु संक्रमणमा छन् ।

सयौं मानिसको ज्यान लिईसकेको कोरोना भाईरसलाई सुरुवाती चरणमा चीनका चिकीत्सकहरुले निमोनियाको लक्षण भनेर धेरै ध्यान नदिदाँ अहिले विश्वव्यापी रुपमा यस्तो समस्या आएको व्याख्या विश्लेषण हुन थालेको छ ।

चीन सरकारले सरकारी सवारी साधनहरुमा नहिड्नको लागि आग्रह समेत गरेको छ भने हिड्दा माक्स अनिवार्य रुपमा लगाउन अनुरोध गरेको छ ।

के हो कोरोना भाइरस ?

संक्रमित व्यक्तिको स्याम्पलको परीक्षण प्रयोगशालामा गरिएको थियो । उक्त परीक्षण पश्चात चीनका स्वास्थ्य कर्मचारी र डब्ल्यूएचओले यो भाइरसको नाम कोरोना बताइएको थियो ।

नयाँ भाइरसको विश्लेषणपछि यो कुरा पत्ता लाग्यो कि अन्य कोरोना भाइरसको तुलनामा ‘सार्स’ को संक्रमण गर्ने क्षमता धेरै हुन्छ ।

सार्स नामको कोरोना भाइरसलाई सबैभन्दा खतरनाक मानिन्छ । सोर्सको कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए, जसमध्ये ७ सय ७४ जनाको मृत्यु पनि भयो ।

यी हुन् कोरोना भाइरसको लक्षण

— टाउको दुख्नु
— रुघा
— खोकी
— घाँटीमा दुख्नु
— ज्वरो
— अस्वस्थ भएको अनुभव
— सामान्य अवस्थामा भन्दा धेरै थकाई लाग्नु
— निमोनिया, फोक्सोमा समस्या

कसरी बच्ने यो भाइरसबाट ?

यो संक्रमणबाट बच्नको लागि डब्ल्यूएचओ ले पनि विभिन्न प्रकारका उपायहरु बताएको छ । जुन निम्नानुसार छन्ः

—नियमित रुपमा हात सफा गर्ने

— खोक्दा वा हाच्छिउँ गर्दा मुख तथा नाक छोप्ने

— मासु तथा अण्डा राम्ररी पकाएर खाने

— कोरोना लक्षण लागेको शंका लागेमा मानिसहरुबाट टाढा बस्ने र जतिसक्यो छिटो अस्पताल जाने आदी ।

कति गम्भीर छ यो भाइरस ?

कोरोना भाइरसको कारण संक्रमणमा परेका मानिसहरुमा पहिले रुघा, खोकी, ज्वरो जस्ता समस्याहरु देखिएपनि संक्रमणको मात्रा बढ्दै जादाँ मानिसको मृत्यु समेत हुन्छ ।

कहाँबाट आयो यो भाइरस ?

यो भाइरस अन्य भाइरसभन्दा फरक प्रजातीको छ । यो एक जीवबाट अर्को जीवमा प्रवेश गर्छ र मानिसहरुमा संक्रमण गर्छ । सुरुमा मानिसहरुलाई केही थाहाँ हुदैन् ।

यो भन्दाअघि सार्स नामको भाइरस बिरालो प्रजातिको एक जीवबाट मानिसमा आएको आएको थियो । तर, चीनले यो भाइरसको मुल स्रोतको बारेमा कुनै जानकारी दिएको छैन् ।

नेपालमा जोखिम कति ?

चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सक बताउँछन्। त्यसको लागि सरकारले त्रिभुवन विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाएको छ । यस भाइरसको संक्रमण अमेरिका, थाइल्यान्ड, जापान र फ्रान्समा समेत देखिएको छ।

यो भाइरसबाट बच्न हाल कुनै खोप नभएको चिकित्सकको भनाई छ । यसबाछ सर्तक रहनको लागि विमानस्थलको हेल्थ डेस्कमा शंकास्पद बिरामीको पहिचान गर्न विशेषज्ञ चिकित्सकको टोली राखिएको छ।

ज्वरो, घाँटीको दुखाइ, सास फेर्न असजिलो भएका र खसखस भएका पर्यटकलाई हेल्थ डेस्कमा सम्पर्क राख्नसमेत भनिएको छ।

मध्यपूर्वी मुलुकमा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम ९मर्स० र चीनमा सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) भाइरसले सताएको पृष्ठभूमिमा नयाँ भाइरसका रूपमा नोबेल कोरोना भाइरस देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्ला भाइरस पनि यसैको सदस्य हो। कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here