हुलाकी राजमार्ग निर्माण सुस्त गतिमा, २२.८ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं, ८ फागुन । पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रुपमा आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको काम सुस्त गतिमा अघि बढेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो राजमार्गको काम समयमा काम सम्पन्न हुन नसकेपछि संशोधन गरेर आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्ने बताईएपनि सो काम समयमा सकिने लक्षण देखिएको छैन् ।

अहिलेसम्म के के काम भयो ?

कुल लम्बाई १ हजार ७ सय ९२ किलोमिटर रहेको यस योजनामा अहिलेसम्म २ सय ७० किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा २ सय ७० किलोमिटर मात्रै कालोपत्रे भएको छ । यसका साथै ३ सय २५ किलोमिटरमा ग्राभेल भएको छ भने ८१ वटा पुल निर्माण भएको छ ।

चालु आ.व. को ६ महिनामा कति काम ?

अर्धवार्षिक समिक्षा प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९३ किलोमिटर सडकको कालोपत्रे भएको छ । यसका साथै, ५० किलोमिटर सडकमा ग्राभेल भएको छ भने ५ वटा पुल निर्माण भएका छन् ।

यसका साथै ३०० किलोमिटर सडक र ६ वटा पुल निर्माणको लागि ठेक्का सम्झौता भईसकेको प्रतिवेदनमा उल्लेख छ ।

चालु आ.व.मा साढे १३ अर्ब बजेट

चालु आर्थिक वर्षमा हुलाकी राजमार्गक निर्माणको लागि कुल १३ अर्ब ६३ करोड ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

चालु आ.व.को ६ महिनामा हालसम्म ३ अर्ब १० करोड ४० लाख अर्थात २२.८ प्रतिशत काम भएको छ ।

पूर्व-पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो।

राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ। यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो।पूर्व-पश्चिम ९ सय ७५ किमी फैलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here