भिन्न शारिरीक अवस्था भएका बच्चाको गुनासो, ‘मलाई कसैले मारिदिए पनि हुन्थ्यो’ (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा अष्ट्रेलियन बच्चाको भिडियो भाइरल भईरहेको छ ।

जसमा उसको आमाले आफ्नो ९ वर्षिय छोरालाई स्कुलमा भएको घटना आफ्नो मावाइलमा रेकर्ड गरेकी छिन् ।

स्कुलको ड्रेसमा भएका ती बच्चाले आफूलाई गरिएको व्यवहारको बारेमा भनेका छन् । भिडियोमा बच्चाले स्कुलमा सबैले हेप्ने गरेको कारण आफैलाई चक्कु हान्ने कुरा समेत गरेको छ ।

साथै रोहिरहेको यो बच्चाले भनेको छ ‘कसैले मेरो हत्या गरिदिए पनि हुन्थ्यो ।’

स्कुलमा बच्चाको सानो उचाई र भद्दा शरीरको सबैले मजाक उडाउने गरेको बच्चाले बताएको छ । जसमा आमाले शिक्षा प्रणाली माथी नै प्रश्न उठाएकी छिन् र भनेकी छिन्, ‘यही हो शिक्षा ? यहाँको सिङ्गो शिक्षा प्रणाली नै नाकाम भईसकेको छ ।’

हेर्नुहोस् भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here