कोरोना विश्वव्यापी महामारीको चरण नजिक, पाँच खर्ब ७० अर्ब खर्च हुने अनुमान

काठमाडौं, २७ फागुन । चीनबाट देखिएको नयाँ कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा पनि पुगिसकेको छ ।

कोरोना विश्वव्यापी रुपमा फैलिएकोले महामारी बन्ने त्रास यथावत रहेको जेनेभामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गेब्रीयसस बताए ।

कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिँदै गएकाले विश्वव्यापी महामारी (पान्डेमिक) को खतरा रहेको उल्लेख गरेका हुन् ।

यो भाइरस अन्यत्र कहाँकहाँ पुग्ने हो र त्यसबाट कति मानिस बिरामी पर्ने हुन् भनेर विज्ञहरू चिन्तित छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण संकट उत्पन्न भएको बताएको छ । तर अहिलेसम्म ‘विश्वव्यापी महामारी’ फैलिएको घोषणा भने गरिएको छैन ।

तर सो भाइरसका कारण नयाँ विश्वव्यापी महामारी फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अधिकाररीहरू त्यो परिस्थितिसँग संघर्ष गर्ने तयारी गर्दैछन्

महामारीका रूपमा विश्वभरी फैलिने रोगलाई अंग्रेजीमा प्यान्डेमिक भनिन्छ । एकैचोटि विश्वभरी फैलिएर धेरै मानिसलाई जोखिममा पार्ने सरुवा रोगलाई जनाउन यो पदावली प्रयोग गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले ‘एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्ने जीवाणुका कारण संसारभरी महामारी फैलिएको अवस्था’लाई विश्वव्यापी महामारी भनी परिभाषित गरेको छ।

सन् २००९ मा फैलिएको स्वाइन फ्लू विश्वव्यापी महामारी बनेर फैलिएको थियो । विज्ञहरूका अनुसार सो सरुवा रोगका कारण हजारौं मानिसको मृत्यु भयो ।
यदि भाइरस नयाँ छ, मानिसहरूलाई संक्रमित गर्न सक्छ र मानिसबाट मानिसमा सजिलै सर्न सक्छ भने त्यो विश्वव्यापी महामारी बनेर फैलिन सक्छ । कोरोनाभाइरससँग यी सबै विशेषता छन् ।

संक्रमण हुन नदिन वा भइसकेपछि उपचारका लागि अहिलेसम्म कुनै खोप नभएकाले यो भाइरसको विस्तार रोक्नु महत्वपूर्ण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको व्याख्या हेर्दा कोरोनाभाइरस विश्वव्यापी महामारी बन्ने चरणनजिकै पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा।टेड्रोस एड्हानोम गहब्रहयससका अनुसार यो भाइरस चीनबाहिर न्यून संख्यामा र कम गतिमा फैलिएको छ ।
प्रत्येक महामारी फरक हुन्छ ।

अनि भाइरस फैलिन नथालेसम्म यसबाट कस्तो असर पुग्न सक्छ भन्ने अनुमान गर्न असम्भव हुन्छ । सार्सजस्ता केही समयअघि फैलिएका अन्य रोगभन्दा कोरोनाभाइरस कम घातक हुन सक्ने विज्ञहरूको धारणा छ ।

सन् २००९ यता परिस्थितीमा धेरै परिवर्तन आएको छ। त्यसो त उसँग कुन महामारीलाई विश्वव्यापी महामारी घोषणा गर्ने पद्धति पनि छैन।

विश्व स्वास्थ्य संगठनसँग विश्वव्यापी महामारी घोषणा गर्ने आधिरकारिक पद्धति नभए पनि यो शब्दावली प्रयोग गर्नासाथ गम्भीर परिणाम आउनसक्छन्। यसले सबैभन्दा पहिला सरकारहरूलाई दबाब दिन्छ।

यसको असर विश्व अर्थतन्त्रमा पनि पर्नेछ। विश्व बैंकका अनुसार विश्वव्यापी महामारीका कारण पाँच खर्ब ७० अर्ब अमेरिकी डलर खर्च हुनसक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here